Wednesday, June 10, 2015

In The News (2)

‘हामीमाथि बेइमानी भयो’
‘१६ बुँदे सहमतिले समस्या समाधान गर्न होइन, टार्न खोजेको छ ।’ शान्त शैलीमा कडा कुरा राख्ने ठाकुरले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको औचित्य सकिएको ..... एमाओवादीको चरित्र नै जहाँबाट फाइदा हुन्छ, त्यतातिर लाग्ने खालको हो । त्यसैको पुन: पुष्टि भएको मात्रै हो । केही महिनाअघि तीनदिने हडताल आफैंले राखेर आफैं फिर्ता लियो । सत्तापक्षसँग उसको भित्री कमिटमेन्ट भइसकेको थियो । त्यहीअनुसार गर्‍यो । ..... हामी सडकमा जान्छौं । राज्यले मधेसी र जनजातिप्रति सधैं बेइमानी गर्दै आएको छ । ..... भूकम्पमा कसैले आमहडताल गरेको होइन । हामीसमेत उद्धारमा खटियौं, राहत बाँड्दै हिँड्यौं । अरू मधेसी जनजाति पार्टीले पनि राहत वितरण कार्यमा भाग लिएका छन् । पहाडका लागि पूरै मधेस जुटेको छ । व्यक्तिगत रूपमा पनि ठूलो सहयोग भएको छ । यो प्राकृतिक विपत्तिको कुरा हो । तर यसैलाई देखाएर कुनै समूह हामीलाई दबाउन लाग्छ भने हामी दबिएर बस्दैनौं । ..... जुन समस्या देखापरेको छ, त्यसको समाधान गर्नुको साटो टार्न खोजिएको छ । ..... हिजो सम्झौताको विन्दु खोजिँदा हामी दुई प्रदेशमा गएका हौं । पहाडसँग भूगोल नमिलाउने कुरा हाम्रो मुख्य माग हो ।
डा. सीके राउतको जवाफ नेपाली चेलीलाई (हस्तलिखित पत्र)
बहस : ज्यानमारा भूकम्प हो कि भ्रष्टाचार?
जसको अप्रत्यक्ष तर प्रमुख कारण हाइटीमा व्याप्त भ्रष्टाचार र कुशासन थियो । हाइटीको भूकम्पमा त्यति धेरै मान्छे मारिनुको प्रमुख जड त्यहाँ व्याप्त भ्रष्टाचार नै थियो । ...... हाइटी विश्वमै सबैभन्दा बढी भ्रष्ट्राचार हुने मुलुकहरुको सुचीमा दशौं नम्बरमा (सन् २००८ मा चौथो) थियो भने न्यूजिल्याण्ड सबैभन्दा कम भ्रष्ट्राचार हुने विश्वकै पहिलो मुलुकमा पर्दथ्यो । ...... विश्वभरिकै भ्रष्ट्राचार अवधारणात्मक सूचांक र भूकम्पमा परी ज्यान गुमाएको तथ्यांकलाई विश्लेषण गर्ने हो भने, भन्न सकिन्छ-भ्रष्टाचारले मान्छे मार्छ । ...... हाइटी भूकम्पको एक वर्षपछि सन् २०११ जनवरी १३ को बैज्ञानिक जर्नल नेचरमा प्रकाशित भ्रष्टाचारले मार्छ करप्सन किल्स भन्ने शीर्षकको बैज्ञानिक लेखमा भ्रष्टाचारले मान्छे मार्छ भन्ने दाबी छ । ...... सन् १९८० देखि २०१० सम्म भूकम्पमा परी मर्नेहरुमा ८३ प्रतिशत मानिसहरुको मृत्यु भूकम्पको कम्पनले गर्दा घर भत्किएकाले भएको थियो । र, ती देशहरुमध्ये धेरैजसो मुलुकहरु भ्रष्ट्राचारको सुचीमा उपल्लो स्थानमा थिए । ...... भ्रष्ट मुलुकको सुचीमा अग्रपंक्तिमा आउने हाइटी, इण्डोनेसिया, पाकिस्तान, चीन, भारतमा भूकम्पबाट मर्नेहरुको संख्या अध्यधिक थियो भने कम भ्रष्ट्र मुलुकहरु अमेरिका, चिली न्यूजिल्याण्ड आदिमा भूकम्पहरुबाट मर्नेहरुको संख्या निकै कम । ..... भ्रष्टाचार बढी हुने देशमा एउटा प्राकृतिक प्रकोपमा सरदर २४२ व्यक्तिको मृत्यु हुन्छ भने भ्रष्टाचार कम हुने देशमा त्यो संख्या २१ मात्रै हुन्छ । अमेरिकाभित्र गरिएको अर्को अनुसन्धानले भ्रष्ट्राचार बढी हुने राज्यमा प्राकृतिक प्रकोपबाट मारिनेको संख्या भ्रष्ट्राचार कम हुने राज्यमा भन्दा बढिरहेको देखाएको थियो । ....... प्रश्न उठ्छ, भ्रष्ट्राचार भनेको पिलर, विम, झ्याल, ढोका हो र थिचेर, किचेर मार्नलाई ? भूकम्पपछि घर, पर्खाल, पुल, बाटो, स्कुल आदि भत्किएर पो मान्छे मर्छ त, भ्रष्टाचारले कसरी मार्छ भनेर तर्क गर्न सकिन्छ । भ्रष्ट्राचारले भौतिक संरचनाले जस्तो प्रत्यक्ष अंगभंग गर्दैन । तर, अप्रत्यक्षरुपमा मान्छे मार्छ । जुन मुलुकमा भ्रष्ट्राचार व्याप्त हुन्छ, त्यहाँ घर, पुल, बाटो, स्कुल, अस्पताल लगायत भौतिक निर्माणहरुले कुनै पनि मापदण्ड पूरा गरेका हुँदैनन्, जसका कारण संरचनाहरु भूकम्पको कम्पन थेग्न नसक्ने कमजोर बनेका हुन्छन् । ....... नेपाल आफैंमा भ्रष्ट्राचार धेरै हुने मुलकमा पर्दछ । .... कतिपय घरहरु ६ तलाको निर्माण अनुमति लिएर १७ तलासम्म बनाइएका थिए । ..... मापदण्ड मान्ने १० प्रतिशत घर मात्रै ..... भ्रष्टाचार वा अनुचित लेनदेनका कारण नेपालमा बनेका अधिकांश घर, अपार्टमेन्ट, स्कुल, अस्पताल लगायतका भौतिक संरचनाहरु मापदण्ड विपरीत निर्माण हुन पुगे । जसले गर्दा ती संरचनाहरु ज्यान लिने घरापमा परिणत भए । भूकम्पको जोखिमयुक्त भूभागमा बसेर त्यस्तो जोखिमयुक्त संरचनाहरु बनाउन आँखा चिम्लेर दिनु नै धेरै मानिसको ज्यान लिने कारण बन्न पुग्यो । ....... विकसित होस् वा अविकसित, सबैजसो देशमा प्राकृतिक विपदले भ्रष्ट्राचार बढाउन सक्ने देखिएको छ । जसको ताजा उदाहरण यतिखेर राहत वितरणमा भएको भ्रष्ट्राचार हो । शक्तिशाली मन्त्रीका पिए भएका मान्छेसमेत राहतमा आएको जस्ता पाता बिक्री गर्न लागेको समाचार सार्वजनिक भइसकेको छ । वंगलादेश सरकारले दिएको ५७ हजार पाल सरकारबाट गायव भएकोदेखि सरकारले गुणस्तरहीन त्रिपाल किनेका समाचारहरु सार्वजनिक भएका छन् । .......... स्थानीय स्तरमा राहत वितरणमा भएका हिनामिनाका कुराहरु समाचार समेत बन्न छाडेका छन् । त्यसकारण भ्रष्ट्राचारले प्राकृतिक प्रकोपको असरलाई बढाउने मात्रै होइन, त्योसँग जुध्न सक्ने क्षमतामा ह्रास ल्याउँछ । र, विपत व्यवस्थापनलाई समेत नकारात्मक असर पार्छ ।
मध्यराति धरानमा मालपोत र नापी कार्याल
मालपोत र नापी कार्यालय खुलेपछि धरानबासी खुसी भएका छन् । एमाले धरानका कार्यबाहक अध्यक्ष तथा मालपोत स्थापना संघर्ष समितिका सचिव नारायण सुवेदीले आफनै पार्टीका सामान्य प्रशासन मन्त्री र भूमिसुधारमन्त्री भएकाले धरानमा मालपोत र नापी स्थापना गर्न सकिएको दाबी गरे।
गच्छदारमा पनि देखिँदैछ वेदानन्द झा प्रवृत्ति
२००७ सालको राजनीतिक परिवर्तनलगत्तै नेपालमा पहिचानवादी राजनीतिको सुरुवात भयो । मधेशका जनताले बीपी कोइराला र सुवर्ण शमशेरहरुले नै भाषिक, सांस्कृतिक तथा क्षेत्रीय विविधताको सम्बोधन गरिदेलान् भनेर ठूलो आस गरेका थिए । ...... सपछि तत्कालीन नेपाली कांग्रेसकै वेदानन्द झा र रामजनम तिवारीहरुले नेपाली तराई कांग्रेस भन्ने पार्टी स्थापना गरे । पार्टीका मुख्यतः तीन वटा माग थिए– तराईलाई क्षेत्रीय स्वायत्तता, भाषिक अधिकार र राज्यका निकायमा मधेशी जनताको समानुपातिक प्रतिनिधित्व । ...... यी तीन वटै मागका साथ तराई कांग्रेस २०१५ सालमा सम्पन्न पहिलो आमनिर्वाचनमा सहभागी भयो । ३ प्रतिशतको हाराहारीमा मत ल्याए पनि तराई कांग्रेसले एक सिट पनि जित्न सकेन । पार्टी अध्यक्ष वेदानन्द झा पनि नराम्ररी पराजित भए । ..... तत्कालीन राजा महेन्द्रले फौजको बलमा शाही कू गरेर शासन सत्ता आफ्नो हातमा लिए र निरकुंश पञ्चायती व्यवस्था आरम्भ गरे । वेदानन्द झा आफैले उठाएका मधेशका सबै मुद्दालाई तिलाञ्जली दिएर पञ्चायती व्यवस्थामा समाहित भए । पञ्चायतकालमै उनी राजाबाट मनोनीत गृहमन्त्री र भारतका लागि राजदूत समेत भए । ....... तर तराई कांग्रेसका तत्कालीन महासचिव रामजनम तिवारीले पहिचानका मुद्दालाई मर्न दिएनन् । मधेशी राजनीतिको दियोलाई निभ्न दिएनन् । तराई कांग्रेस स्थापना गरेर बालेको दियो उनले गजेन्द्रनारायण सिंहलाई हस्तान्तरण गरे । नेपाली कांग्रेसमै राजनीति गरिरहेका सिंहले विक्रम सम्वत् ४० को दसकमा नेपाल सद्भावना पार्टी स्थापना गरेर मधेशको आवाजलाई अझ बुलन्द गरे । राजा महेन्द्रकै शैलीमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ सालमा जब सैनिक कु गरे, गजेन्द्रबाबुको निधनपछि पार्टी अध्यक्ष रहेका बद्रीप्रसाद मण्डलले सम्पूर्ण पार्टीलाई दरबारमा बुझाएर शाही कूको समर्थन गरे र ज्ञानेन्द्र शाहकै नेतृत्वमा गठित मन्त्रिपरिषदमा उपप्रधानमन्त्री भए । ...... २०१७ सालमा तराई कांग्रेसका अध्यक्ष वेदानन्द झाले निरकुंश शाही सत्ताको समर्थन गरेर जसरी त्यस व्यवस्थामा आफूलाई समाहित गरेका थिए, २०६१ सालमा सद्भावना पार्टीका तत्कालीन अध्यक्ष बद्रीप्रसाद मण्डलले पनि ज्ञानेन्द्र शाहको सर्वसत्तावादी कदमलाई समर्थन गरेर आफ्नो राजावादी चरित्रलाई पुनरावृत गरेका थिए । त्यतिमात्रै होइन, उनले मधेशी राजनीतिमा वेदानन्द झा प्रवृत्तिलाई पुनरावृत गरेका थिए । ....... मधेशी राजनीतिमा एक पटक फेरि वेदानन्द झा प्रवृत्ति दोहोरिएको छ । यस पटक वेदानन्द झाको रुपमा आफूलाई अवतरित गरेका छन्– विजय गच्छदारले । संघीयता र समावेशीजस्ता एजेण्डालाई निस्तेज गर्ने सोह्रबुँदे सहमतिमा हस्ताक्षर गरेर मधेशका मुद्दालाई बीचबाटोमै छाडेर गच्छदार पुरानो राज्यसत्ताको मतियार भएका छन् । विगतमा जसरी प्रतिगमनलाई साथ दिएर वेदानन्द झा र बद्रीप्रसाद मण्डल पुरस्कृत भएका थिए, अब बन्ने सरकारमा राम्रै भागबण्डा पाएर गच्छदार पनि पुरस्कृत हुने निश्चित छ । .... पहिले राजनीतिक परिवर्तनलाई पछाडि फर्काउने दुई निरकुंश राजाहरु थिए भने अहिले त्यो भूमिकामा कथित लोकतान्त्रिक र जनताका मतबाट स्थापित कांग्रेस, एमाले र एकीकृत माओवादी देखिएका छन् । सुशील कोइराला, केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सोह्रबुँदे सहमतिमा हस्ताक्षर गरेर संघीयता, समावेशिता र राज्य पुनर्संरचनाजस्ता परिवर्तनका एजेण्डाविरुद्ध राजनीतिक कू गरेका छन् । दुर्भाग्य, त्यसको मतियार बनेका छन् मधेशी तथा जनजातिका कथित नेता विजय गच्छदार ।
How Hope Returned to Turkey
We had a new message from the WhatsApp group being used to coordinate the more than 300 people who acted as poll monitors on Sunday in Bayrampasa, an Istanbul neighborhood where 172,000 people had just voted in parliamentary elections. .... The “Oy ve Otesi” (Votes and More) volunteers had set up in a coffee shop — the Wi-Fi, power outlets and caffeine making it an ideal activist gathering spot ..... Almost everything depended on whether the small, mostly Kurdish, People’s Democratic Party, or H.D.P., passed the threshold of 10 percent of votes to make it into Parliament ...... In 2002, the A.K.P. came to power with an impressive two-thirds of deputies in the Parliament, with about a third of the votes, as key rivals hadn’t met the threshold. ..... how similar it all felt to other movements: spontaneous, digitally connected, disillusioned with traditional politics. Like many protesters I have spoken with around the world, Gezi activists expressed a deep yearning for change, but no faith in the existing institutions — electoral, legal or otherwise — for effecting it. ....... many also concluded that, as corrupt as the political process seemed, sitting it all out only made things worse. As flawed as representative democracy has become, there is also no viable alternative yet, in scale or legitimacy. Street protests are a powerful expression of dissent, but do not, and cannot, carry the same mandate as a vote. ....... how do you change a system designed to swallow up those who try? In Spain and Greece, the street protesters have turned to forming electoral coalitions. In Argentina, a generation of activists are running for office, armed with digital platforms that allow them to remain accountable to their voters via online assemblies. And in Turkey, grass-roots organizations have sprung up, to fulfill functions abandoned by mainstream institutions: reporting news, monitoring elections, investigating corruption........ Later, as the results poured in, the phones buzzed with the news that turnout was very high (85 percent), and that the H.D.P. had comfortably crossed the electoral threshold, denying the A.K.P. not only the votes to make the presidency more powerful, but also a majority in Parliament. Oy ve Otesi volunteers stayed up through the night, though, entering tallies from the ballot boxes around the country into an online platform, crowdsourcing the verification of the results, and closely watching the state agency that announced the official returns, box by box.

No comments: