१६ बुँदे का उपलब्धि हरु

English: leader of CPN UML
English: leader of CPN UML (Photo credit: Wikipedia)
नामांकन र सीमांकन को छिनोफानो भए पछि अनि बल्ल संविधान सभा को समय सकियो। भने पछि आयोग लाई पर्खिने। प्रदेश सभा को चुनाव लाई पर्खिने। संविधान निर्माणको काम सकिए पछि संविधान सभा को समय सकिन्छ। सरकार फेरबदल गर्न या राष्ट्रिय सरकार बनाउन संविधान सभाले रोक्दैन त!

मधेसी राष्ट्रपति र मधेसी उप राष्ट्रपति लाई पदच्युत गर्ने बाहेक केही पनि गरेको छैन १६ बुँदे ले।

१६ बुँदे का उपलब्धि हरु
  • मधेसी राष्ट्रपति र मधेसी उप राष्ट्रपति पदच्युत
  • कट्टर Anti-Madhesi केपी ओलीको राज्यारोहण 
  • संघीयता बिनाको संविधान 
  • संघीयता थाती राख्ने, स्थानीय निर्वाचन गर्ने, अनि विकेन्द्रीकरण पनि संघीयता जस्तै जस्तै हो भनेर पछि होहल्ला मच्चाउने 
  • मधेसी लाई गैर नागरिक बनाएर नेपालको भुटानीकरण को मार्ग प्रशस्त 
  • राज्य सभाको बनौट द्वारा मधेस colonization permanent गर्दिने 
  • विजय वेदानन्द झा गद्दार लाई मधेस को मसीहा भनेर प्रस्तुत गर्ने 
नेपाली काँग्रेस भित्र का मधेसी पहिला कहिले पो जागेका थिए र अहिले महाधिवेशन मा जाग्छन् भन्नु! Mental Slavery की भी एक सीमा होती है। 

नामांकन सीमांकन बिनाको संघीयता को प्रस्ताव, एक व्यक्ति एक मत बिनाको लोकतंत्र को प्रस्ताव ----- देश तोड्ने बाटो प्रशस्त गरिँदैछ। देश टुट्छ। मधेसी क्रांति माथि हिंसाको दुस्साहस हुन्छ भने नाकाबंदी हुन्छ। भोक भोकै मर्छन् ओली प्रवृति का मानिस हरु।  


१६ बुँदे सम्झौताविरुद्ध क्रियात्मक संघर्षमा उत्रदैँ मधेशी तथा जनजाति विद्यार्थी संगठनहरु
९ विद्यार्थी संगठनहरुको मधेशी विद्यार्थी फोरमको कार्यालयमा बसेको बैठक
संविधानपछि पनि राष्ट्रपति कांग्रेसलाई : दाहाल
१६ बुँदेको संवैधानिकतामा राष्ट्रपतिको चासो
लाखौँ तिरेर जानकी मेडिकल कलेजमा डाक्टर पढ्न गएका विद्यार्थीको बेहाल
अनुदानको ५० करोड संस्थानबाटै गायब
‘राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री र सभामुखमा भागवण्डा मिलिसक्यो’
प्रचण्डसँग सम्बन्ध टुट्यो, यो अन्तिम हो : महन्थ ठाकुर
आयोग त पहिले पनि बनेको थियो, त्यसको सुझाव किन मानिएन ? ..... ‘मरे तो मुक्ति, जिए तो मधेश’ नाराका साथ मधेशको संघर्षमा निस्केका बयोवृद्ध नेता अध्यक्ष ठाकुर ..... मधेश आन्दोलनपछि सरकारले मधेशवादी दलसँग गरेको सम्झौताको चार दलले ठाडै उल्लंघन गरेको छ । अन्तरिम संविधानको धारा १३८ लाई पनि उल्लघंन गरेको छ । अहिले जुन संविधान निर्माणको प्रकृया शुरु भएको छ त्यो संघीयताविनाको संविधान निर्माण हुनेछ । जो हामीलाई स्वीकार्य हुँदैन ...... हाम्रो सबै माग पुराना नै हुन् जुन यो देशले पूरा गर्ने वाचासहित हस्ताक्षर पनि गरेका छन् । त्यति मात्र होइन कि अन्तरिम संविधानमा पनि उल्लेख गरेका छन् । तर त्यति हुँदाहुँदै पनि दिन मानिरहेका छैनन् । ....... सम्झौतामा र अन्तरिम संविधानमा प्रष्ट रुपमा लेखिएको छ कि संघको सीमा, संख्या, नामाङ्कन जस्ता सबै काम गर्ने काम संविधानसभाको हो । र, त्यसको अन्तरिम टुंगो संविधानसभाले लगाउने हो । जुन आयोगको कुरा यहाँ गरिएको छ त्यसको अवधि ६ महिनाका लागि राखिएको छ । त्योभन्दा अगाडि नै संविधानसभाको कार्य समाप्त हुन्छ । ...... आयोगले सुझाव दिने हो । संविधान निर्माण गर्ने होइन । यसअघि पनि आयोग बनेको थियो त्यसले आफ्नो सुझाव दिइसकेको थियो । त्यसलाई किन मानिएन त । ........ चुनावपछि उहाँ पेरिसडाँडामा नै सिमिति हुनुभएको थियो तर हामीले साथ दिएपछि उहाँ बाहिर निस्किनु भएको थियो । बोल्न थाल्नु भएको थियो । हामी विपक्षमा बसेर संघर्ष गरिरहेका थियौ । विश्वासका साथ आन्दोलनमा गयौ । तर हामीसँग विश्वासघात गर्नु भएको छ । हामीसँग बेइमानी गर्नु भएको छ । त्यसले गर्दा अब त्यो गठबन्धन अस्तित्वमा रहेन । अब समाप्त भयो । यो अन्तिम थियो । ....... अब उहाँहरु परिवर्तनकारी शक्ति रहनु भएन । यथास्थितिबादीहरुको जमातमा सामिल हुनुभयो । ....... जेठ २५ गते विहान ३० दलको बैठक बसेको थियो । उहाँ जसरी त्यहाँ प्रस्तुत हुनुभयो । हामीले बोलेको कुरा सुन्नु चाहनु भएन त्यसैबेला हामी थाह पायौ कि अब प्रचण्ड गठबन्धनको नेता रहनु भएन । ...... कतिपय दल यता पनि कुरा गर्छन्, उता पनि कुरा गर्छन् । यताको बैठकमा पनि आउँछन्, उताको बैठकमा पनि जान्छन्, उनीहरु स्पष्ट हुनु आवश्यक छ । बैठकमा अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीबाट प्रतिनिधि आउनुभएको थियो तर विज्ञप्तिमा हस्ताक्षर गर्नुभएन । ........ फास्टट्रयाक देखाउँदै प्रतिवेदन राम्रोसँग अध्ययन पनि गर्न दिइरहेका छैन । पढ्न पनि दिइरहेका छैन । ...... यहाँ नेपालमा एउटा विडम्बना के छ भने जुनसुकै काम भयो भने अन्तराष्ट्रिय शक्तिको हात देख्छन् । अदृश्य शक्ति भन्दिन्छन् कुरा सकियो । अब अदृश्य शक्ति के हो कसैले हेरेका हुँदैनन्, छामेका हुँदैनन् । ...... कति राम्रो सबैजना मिलेर भूकम्प पीडितलाई सहयोग गर्न जुटेका थियौं । सबै दलका युवा तथा विद्यार्थीहरु पहाड–पहाडमा गएर राहत दिने काम गरिरहेका थिए तर यही अवस्थामा हामीलाई संघर्षमा जाने बाध्य पार्यो, जुन राम्रो होइन । ....... अब हामी सत्ता गठबन्धनको निर्माणको प्रकृयामा नै छैनौं भने त्यस विषयमा थाहा हुँदैन । र, त्यस्ता कुराको जानकारी पनि राख्नुहुँदैन ।
नाकको लम्बाइ नाप्ने कि इतिहासको गहिराइ ?
पहाडी मूलको अनुहार हुनासाथ मधेसी जनतामाथि भएको अत्याचारबारे बोल्नै हुँदैन भन्ने तर्कमा अन्यायी सत्ताको ढोङ सिवाय केही छैन । ...... मधेसीलाई विदेशीजस्तो व्यवहार गर्‍यो र उसको रगत–पसिना लुटेर महल बनायो । मधेसी र पहाडीबीच भेद गर्‍यो । दलितलाई दलनमा पार्‍यो ........ नस्लभेद, रंगभेद, जातिभेद, लिंगभेद र क्षेत्रभेदका आधारमा खान्दानी नस्लको शासन चलायो । यही शासनको लामो अभ्यासले बनाएको परम्परागत चेतनाले समाजलाई विभाजित गर्‍यो । ...... पहिचानको मुद्दालाई नाकको लम्बाइ र आँखाको बान्कीले नाप्न सकिँदैन । पहिचान एक ऐतिहासिक चेतना हो, ऐतिहासिक अवधारणा हो । यो अवधारणा नाकको लम्बाइले उठाउने होइन, इतिहासको गहिराइबाट उठ्ने हो । .... नस्लवादले खास नस्ल वा जात–जातिका मान्छे माथि र अरु तल भन्ने असमान तहहरू निर्माण गर्छ । इतिहासभरि नेपालमा भएको त्यही हो । तर पहिचानले सबै मानिस बराबर हुन्, त्यसकारण नस्ल, जात, रङ र लिंगका आधारमा हेपिएका मानिसको समान हैसियत बनायो भने मात्र समाजले प्रगति गर्छ भन्ने मान्यता राख्छ । ...... आदिवासी समुदायको एक युवाले झैं कक्षाकोठामा अर्काको मातृभाषामै पढ्नुपर्ने बाध्यताबाट ऊ मुक्त भयो र आफ्नै मातृभाषामा पढेर ऊ सजिलै कवि बन्नसक्ने भयो । जनजाति युवाले झैं उसले लाहुर जाने एकमात्र विकल्प खोज्नुपरेन । आम मधेसीले झैं हेपाइ सहनुपरेन, नागरिकताबाट वञ्चित हुनुपरेन र सेनामा भर्ना हुनै नसक्ने पराइजस्तो अनुभूति गर्नुपरेन । उसलाई कसैले आँखाको बान्की र नाकको लम्बाइकै आधारमा ‘बुद्धि नभएको’ वा ‘मूर्ख’ भनेन । आम थारु वा राजवंशीले झैं आफ्नै माटोमा आफैं सुकुम्बासी हुनुपरेन । काठमाडौंको नेवारले झैं उसले मातृभाषामा कविता लेखेकै कारण जेल जानुपरेन । ....... आम ब्राम्हण–क्षेत्री समुदायका मानिसलाई जातको बोक्रे अहंकार दिएर, आर्थिक रूपमा व्यापक शोषण गरेको इतिहास छ हाम्रो । समाजलाई विभेदैविभेदको जञ्जालमा फँसाएर केही कुलीनहरू शासक भए । तिनले भारतका विभिन्न सहरमा बंगला बनाए, जमिनदारी जोडे, तर मधेसीलाई भने विदेशी नै भनिरहे । आम ब्राम्हण–क्षेत्री समुदायका मानिसमध्ये केहीलाई छानेर आफ्नो जगको ईंटा बनाए । त्यसो त मधेसका केही जमिनदारलाई, जनजाति र आदिवासीका केही मुखियालाई, थारु र राजवंशीका केही चौधरीलाई र दलितका केही मुलीलाई पनि तिनले जगको ईंटा बनाए । अनि आफ्नो कुलीनतन्त्र जोगाउन भेदभावको अहंकार भाइरसजस्तै फैलाए । ....... एमाओवादी नेता राम कार्कीले भने– कम्युनिस्टले पहिचानको कुरा गर्नु नाक छँदाछँदै मुखले सास फेर्नुजस्तै हो । कार्कीको यो धारणा पनि पुरानो सत्ताकै चेतनाबाट आएको हो । लेखक खगेन्द्र संग्रौला भन्छन्– नेपालका कम्युनिस्टहरूमा महेन्द्रीय राष्ट्रवाद र हिन्दु शुद्धतावाद मिसिएको छ । महेन्द्रीय राष्ट्रवादले सधैं सदभाव र राष्ट्रिय एकताको गफ छाँट्यो र सारतः जातवादी, नस्लवादी र पुरुषवादी विभेद संस्थागत गर्‍यो । राजतन्त्रका लागि यो आवश्यक औजार थियो । तर नेपालका कम्युनिस्टहरू वर्गको मात्र कुरा गर्नुपर्ने बताइरहँदा महेन्द्रको काखमा सुटुक्क लुटपुटिइसकेका हुन्छन् । मधेसमा भएको ऐतिहासिक शोषणबारे सबैजसो नेतालाई थाहा छ । तर मधेसी जनतालाई नागरिकता दिने झिनो सवालमा पनि भारतको विस्तारवादी हौवा खडा गर्छन् । जब वास्तवमै भारतीय संस्थापनले सिंहदरबारमै खुट्टा पसार्छ, तब तिनै नेता देखेकोनदेख्यै गर्छन् । ...... नेपालका कम्युनिस्टहरू जातीय, क्षेत्रीय उत्पीडनको कुरा गर्नासाथ महेन्द्रीय राष्ट्रवादको चेतनामा पुग्छन् र महिलाको अधिकारको कुरा गर्नासाथ हिन्दु शुद्धतावादमा पुग्छन् । .... त्यसैले चित्रबहादुर केसी र कमल थापाको एजेन्डा मिल्छ । यो विचित्रको कम्युनिस्ट भ्रम हाम्रो राजनीतिमा हाबी छ ।

Comments