A Second Hit

At least 68 dead after another major quake centered in Nepal
another 1,261 people have been injured. Thirty-two of the Asian nation's 75 districts were affected. ...... Just over two weeks after thousands died in a mammoth earthquake, Nepal got hit hard again Tuesday -- with another powerful tremor that has left dozens more dead, more than 1,000 injured and questions about what's next for the already traumatized Asian nation. ...... "For the first seconds, it was complete silence. By the fifth second, everybody started to scream" ..... "It was really, really intense. Even when the shaking stopped, people were still screaming. They were completely panicked, because they knew exactly what it was." .....

That earlier tremor was also more than three times bigger and 5.6 times stronger, in terms of energy released

..... It was "like the whole Earth was alive" ...... Open space is often a precious commodity in Kathmandu, but especially on Tuesday. The city's roads quickly clogged with people, many of them crying ..... "People are very scared" ..... "You never get used to seeing telephone poles swaying and surfing past you," he told CNN. "Or buildings just wobbling ... as the earth moves beneath your feet." .....

Expert: More aftershocks likely ...... The fact such a big quake hit so soon after the one last month is proof that another one -- perhaps bigger, perhaps smaller -- could come at any time. To drive home this point, residents in the region dealt with a number of powerful aftershocks, including one at magnitude 6.3 about a half hour after the initial quake.

...... warning of

dangerous landslides as monsoon season approaches

. "Every time it crashes, the Earth moves. Every time it shakes, there's strain." ..... "I don't think people were more prepared this time; people really felt like (the threat) was gone," Adhikari said. "Now they are more frightened."
१९९० सालको महाभूकम्पको बयान
ठीक २ बजी २४ मिनेट २२ सेकेन्ड जाँदा अकस्मात् जमिनभित्रबाट गुडगुडे आवाज आयो र साथसाथै भूकम्प सुरु भयो- २ माघ १९९० को महाभुइँचालो उत्पत्ति भयो । यो जमिनको अपूर्व आवाजले गर्दा भूकम्प हो भन्ने ख्याल झट्ट चढ्न सकेन । पानीको लहरीझैँ जमिनमा लहरी चल्यो । पहिलो अवस्थामा भूकम्पको वेग पूर्वबाट पश्चिम गएको अनुमान गरियो । दोस्रो अवस्थामा जमिन चक्कर खाई बटारिन थाल्यो र सोही वेगमा धेरैजसो घर इमारत लड्न गए । एक बिजुलीबत्तीको ग्लुपसमेत त्यसको सकेटबाट बाहिर उछिट्टएिको देखियो । जमिन कस्तो जोडले काँपेछ भने रूख, बोट हुरीमा परेझैँ लच्के । साना-साना बोटका टुप्पाले जमिन छोला-छोलाजस्तो भयो ।

पोखरीको वा भाँडामा राखिएको पानी बाहिर फ्याँकियो । पोखरीका पानी ठूला-ठूला छालझैँ उछिट्टनि लाग्यो । घरको गाहारा हुरीमा ढोकाझैँ खुल्ने र बन्द हुने गर्न लागे । जमिन तल र माथि गर्दा धमाधम घर लड्न थाले । अग्लाअग्ला पुर्जा गजुर पनि खसे । तोपको बढाइँझैँ घर भत्केको भयंकर आवाज आउन थाल्यो । धूलोले गर्दा अन्धकार भयो । आठ-दस हात अगाडि पनि देखिन नसक्ने भयो । सहरको धूलाले गर्दा टुँडिखेलजस्ता खुला जग्गामा पनि धूलोको कुइरीमण्डल हुन थाल्यो ।

सबै मानिस खुला जग्गातिर भाग्न थाले । कोही अड्न नसकी केही चीजको भर लिई ठाडो रहे, कोही चार हातखुट्टा टेकी चौपायाझैँ भाग्न थाले । कोही छिँडीमा लुके, कोही चोकमा दौडे, औ कोही बारीतिर कुदे कहीँ कहीँ आमाहरू आफू खुलामा आइसकेपछि छोराछोरीको मायाले घरभित्र पस्न जाँदा मृत्युको मुखमा परे । धूलोले अन्धो पारे तापनि अतासले गर्दा सबै मानिस दौडिन थाले । साथसाथै सबले अतासमा ईश्वरको नाम लिई कराउन थाले र चारैतर्फबाट शब्द निस्कन थाल्यो । सो शब्दघर भत्केको आवाजसँग मिल्दा कस्तो भयंकर आवाज आयो होला, विचार गर्नुहोस् । खास गरी स्त्रीहरू धेरै जस्ताले धर्म हुन्छ भन्ने विचारले भाग्ने कोसिस नगरी पानी भर्ने वा औँलाले जमिन छुनेजस्ता रकम-रकममा काम गरे । तर, भाग्ने मानिसले पनि सुख पाएनन् । सहरका ससाना सडक र गल्लीहरू धराप बन्न गए । हजारौँ घरले थिचिई मृत्युको गाँसमा परे । हजारौँ घाइते भए, टुँडिखेलमा कवाज खेलिरहेका सिपाहीहरू उभिन नसकी धेरै जस्ता जमिनमा घोप्टो परे, पूर्वको १ खण्ड जमिन फाटिन गई पानीसमेत निक्लिन गयो ।

सोही बखत धरहरा र घन्टाघर दुवै करौँतीले काटेका रूखझैँ चिराचिरा पर्न गई दुई-तीन टुक्रा भई ढले । धरहराका टुक्राहरू त्यसको पर्खालको चक्काभित्रै परे । अरू घर-इमारत पनि त्यस्तै किसिमले ढलेका थिए ।

खेत र सडक चिराचिरा परेका ठाउँबाट पानी निस्कन थाल्यो । सबै खोलानालामा बाढी आयो । वाग्मती, विष्णुमतीलगायत खोला छिनभरमै कालो र मैलो पानीले ढाकिए । कुनै ठाउँमा ८-१० हात माथिसम्म पानी फोहोरझैँ जमिनबाट फुटी आयो । धेरै जस्ता खेत पानीले जलथल भए । जमिन फाँटिदा तातोपानी र बालुवासमेत बाहिर आएको देखियो । बालाजू र शंखमूल नजिकमा सडक ठाउँ ठाउँमा एक-दुई हातसम्म भासिन गए । चिरान परेका ठाउँको गहिराइ ९-५० हातसम्म पनि हुन गयो, लम्बाइको त कुरै छाडून् ।

भूकम्प बन्द हुनासाथ सबै नातापाताको खोजतलासमा लागे । बेपत्ता भएकाहरूको नाम पुकार्दै सडकमा दौडन थाले ।

आ-आफ्ना घरतिर दौडन थाले । आफ्ना नाता पुरिएकाहरूले सकी-नसकी घरको रासन खोस्रन थाले । सबै आ-आफ्नै नाताहरूको खोजतलासमा लागेकाले मद्दत पाउन कठिन भयो । घरको रासबाट बाँचेकाहरूको स्वर पनि सुनिन्थ्यो, परन्तु झिक्ने पूरा सामथ्र्य भएन । यस्ताका नाताको दिल कस्तो भयो हो, कल्पना गर्न सकिँदैन ।

यस्ता मानिस पल्टन भएका ठाउँमा अथवा काठमाडौँको टुँडिखेलमा आई कराउन थाले । एकैछिनमा सबै खुला ठाउँमा यी आत्तिएका स्त्री-पुरुषहरूले भरिए । केही बेरमै चिफसाहेब, लाठसाहेब र अरू जर्नेल अफिसर जम्मा भए । पहिलो काम त्यहाँ जम्मा भएका सिपाही फौजलाई उत्साह र आधार दिने भयो । त्यसपछि तिनीहरूलाई ठाउँ ठाउँमा पठाउने काम गरियो ।

श्री ५ का छोरी मैयाँ दुई र श्री ३ की नातिनी मैयाँ मरेको खबर त्यहीँ आयो । सिपाहीको गठ-गठ गरी सहर र दरबारमा पुरिएका मानिस झिक्न खटनपठन भयो । तिनीहरू गई सहरमा धेरै पुरिएकालाई बचाइदिए । आफ्ना घरजहान सम्झी मनमा कस्तो ताप परेको हुँदो हो तापनि पल्टनिया जवानहरू आफ्ना कर्तव्यको सोझो रहे । खटाइएका ठाउँमा केही गाह्रो नमानी गए- यस्तो देख्दा खुसी पनि लाग्यो । दया पनि उठ्यो ।

त्यस बखत तीन सहरमा करिब ९ हजार ५ सय सिपाही थिए । घाइतेका साथै अरू सहरका बासिन्दाले अस्पतालको कम्पाउन्ड ढाक्यो । कोही आमा आफ्ना मरेका छोराछोरीलाई हातमा लिई बाँचेका छन् कि भन्ने आशाले डाक्टरलाई देखाउन आएको अपसोची दृश्य पनि देखिन्थ्यो । त्यस बेला अस्पतालको तैनाथवाला भएकाले घाइतेलाई औषधी पुर्‍याउने काम मलाई पर्न आयो । त्यस बखत सहरभित्र कोही-कोही सज्जनले दु:खी घाइतेको स्याहार-सम्भार गरे तापनि धेरैजसो अत्यासले होसहीन भई बसिरहे ।

श्री ५ महाराजाधिराजको सवारी त्यस बखत नागार्जुनमा थियो । केही बेरका लागि त्यहाँबाट आफ्ना नारायणहिटी दरबारमा सवारी भई- विष्णुमतीको पुल भत्केकाले छाउनीको बाटो गरी नागार्जुन फिर्‍यो । चलनबमोजिम छाउनी पास गरिबक्सँदा एक तोपको सलामी दिए । नागार्जुन दरबार पनि भत्केकाले पालमै राज भयो ।

सहरका कोही घर र दरबारमा समेत भत्केका घरका काठपात आगामा पर्दा आगलागी हुन गयो तर हावाको जोर पनि कम भएकाले सम्हाल्न सके । खोकनाको तेल पेल्ने ठाउँमा पनि आगलागी भयो तर फिँजिन पाएन । फर्पिङको मुख्य बिजुलीघरमा भूकम्प हुँदा आफसेआफ कल बन्द हुन गयो । आगलागी नहुनु एक भाग्यको कुरा सम्झनुपर्छ । त्यस बखतको अवस्थामा तपसिलको एक बयानबाट राम्रोसँग अनजाम गर्न सकिन्छ ।

होस-हतास हराएको दुई मिनेटपछि आँखा खोलेर हेर्दा चारैतिर प्रलयको दृश्य, प्रलयको कोकोहोलो स्वरले चिच्याउन र कराउन लागेको देखियो, सुनियो । मानिसको ता के कुरो मानिसका शरणमा परेका चराचुरुंगी पनि च्याँच्याँ र चँुचुँ गरेर आकासमा कराउन लागेका थिए । मुसोजस्तो छरितो जन्तुले पनि भाग्ने मौका पाएन, जहाँको तहीँ थिचिएर मर्नुपर्‍यो ।

छोराको सबै शरीर किचिरहेछ, मुख पक्कपक्क बाएको इँटका अन्तरबाट अलिअलि देखिन्छ आ...मा... भनेको मलिन आवाज अलिअलि सुनिन्छ, इँट-काठ पन्छाएर छोरो झिक्ने मद्दत पुग्दैन । यस्तो अवस्थामा त्यस अभागिनी आमाको तस्बिर खिच्नुहोस्, जहानमा ११ जना थिए, सबै किचिएर मरे, एउटा पाँच वर्षको बालक बाँच्यो । यो टुहुरोको सम्झना गर्नुहोस् । विवाह गरेको वर्ष दिन पनि भएको छैन, १५ वर्षकी बाहुनी विधवा भई, यसले छाती पिटीपिटी रोएको करुण क्रन्दनको विचार गर्नुहोस् ! जहानमा कसैको टाउको फुटेको छ, कसैको हात भाँच्चिएको छ । कुनै बेपत्ता छन् । कसैलाई खोस्रेर झिक्दै छन् । कसैलाई पोल्न लगिसके । घ्याम्पो फुट्यो, अन्नको गेडो छैन । घरमा मुर्दा लडिरहेछ । कात्रो किन्न जाने पसल छैन । दाउरा किन्ने पैसा छैन । घर भत्केका काठपातले मुर्दा पोलिए । बाबु मर्‍यो, छोराले किरिया गर्नलाई कपाल खौरन छुरा पाएन । पुरेत बाजेसँग किरिया गराउने पुस्तक छैन । घरले किचिएको छ वा कहाँ छ पत्तो छैन । किरियापुत्रीले नयाँ धोती नपाएर पुरानो पटुका फेरेर किरिया बस्नुपर्‍यो । सारा सहर भत्क्यो, पसल भत्के केही किन्न पाइँदैन । रात पर्‍यो, माघे झरी पर्ने डर छ, ओत छैन ।

लास जलाउनलाई दाउरा नपाउँदा धेरैले भत्केका घरको काठले जलाए । सबै घाटमा ठेलमठेल भयो । मुर्दाको सत्गत् गर्न नसक्नेहरूले घाटमा मुर्दाहरू त्यसै फ्याँक्न थाले, गाईवस्तुको कुरै छोड्नु । वीरगन्जसम्मको एक्लो टेलिफोन लाइन पनि टुट्न गएको र चारैतिर नोक्सान पर्न गएकाले बाहिरको खबर लिई घोडचढी गए । बाटो बिग्रेकाले भादगाउँ र वरिपरि गाउँको खबर पाउन पनि कठिन भयो । केही गोलमाल वा चोरीको बचाउलाई कौसी -सरकारी ढुकुटी) झेलखाना, तोपखाना र ठूलठूला दरबारमा पालो थप गरियो । खोरका थुनुवाहरू भाग्न कोसिस गरेकामा सिपाहीको मद्दतले भाग्न सकेनन् । हिउँदको छोटो दिन-रात चाँडै पर्‍यो तर बिजुलीबत्ती आएन । आफ्ना नातेदारको खबर लिन पनि फुर्सद भएन ।

स-साना कम्पनहरू रातभर गइरहे । तिनको गन्ती भएन । ठूलादेखि सानासम्म सबैका खेतबारी या खुला मैदानमा बास भयो । हजारौँले ओत नपाई खुला मैदानमा बसे । त्यस रातमा खान पनि थोरैले मात्र पाए । पानी जम्न थाल्यो । त्यो रात जरोको निद्राझैँ बित्यो ।

भोलिपल्ट पुरिएका मानिस र मुर्दा झिक्ने काममा मद्दत दिन सिपाहीलाई ठाउँ-ठाउँमा पठाए । धेरै जिउँदा मानिस निस्के । एकै ठाउँमा ४०-५० जनासम्म पुरिए । अफिसरहरू गाउँगाउँमा बुझ्न गए ।

'म घुमेका ठाउँमध्ये सानागाउँ र लुभु सहरको दृश्य अन्तको भन्दा हृदयविदारक छ । १५००-२००० छाना अघि जुन ठाउँमा थिए, आज त्यही ठाउँमा चार-पाँचवटा छाना पनि देखिँदैन । अघिको झिँगटीका छानाले भरिभराउ भएको बस्ती अहिले पटपटी फुटेको नांगो डाँडो देखिइरहेछ ।'

वीरगन्जसम्मको टेलिफोनको लाइन भोलिपल्टै खुल्यो । परन्तु, रक्सौलभन्दा परको खबर केही पाइएन । वीरगन्ज स्वाहा भएको छ । रक्सौलदेखि माथिसम्म रेल लाइन टुटेको छ । नेपाल सरकार लाइट रेलवेमा पनि नोक्सान पर्न गएको छ । तारको खुट्टा टुटेकाले हिन्दुस्तानपट्टकिो केही खबर छैन ।

महाभूकम्प गएको दिनैदेखि हररोज साना-साना भूकम्प जान थाले । ४ माघ राती अर्को निकै ठूलो कम्प गयो । आत्तिएका दुनियाँमा झन् हतास बढ्न गयो । तीन-चार दिनसम्म यस्तो कोलाहल बराबर चलिरह्यो । पछि-पछि यस्तो कराउने कम हुँदै गयो । दुनियाँलाई भूकम्पमा बानी पर्न गयो ।

Comments