Saturday, February 07, 2015

समावेशी राज्य, मधेसी जनता र नेपाल सेना

तीनमा एक नेपाली मधेसी हो। भने पछि नेपाल सेनामा पनि तीनमा एक मधेसी हुनुपर्यो, समावेशी हुनका लागि।

१,००,००० सैनिक छन नेपाल सेनामा। एउटा उपाय ५०,००० मधेसी थप्ने त्यसमा। अहिले त मधेसी छँदै छैन। तर त्यसरी थप्दा खर्च अनावश्यक बढ्ने भो। नेपाल सेनाले भारत सँग कहिले युद्ध लड्ने होइन, कहिले चीन सँग युद्ध लड्ने होइन। देश भित्रको law and order प्रहरीको जिम्मेवारी हो, सेनाको होइन। उही हो, संयुक्त राष्ट्र संघ को peace mission हरुमा नेपाल सेनाले राम्रो रोल खेल्ने गरेको छ। त्यति का लागि १,५०,००० चाहिँदैन, खास त १०-२० हजारले पुग्ने हो। भने पछि सैनिक को संख्या २०,००० मा झारने, त्यसमा १०,००० मधेसी सैनिक थप्ने, समावेशी बनाउने।

समावेशी राज्य भनेको त्यो हो। समावेशी राज्य, मधेसी जनता र नेपाल सेनाको अन्तर्सम्बन्ध छ।


No comments: