Wednesday, December 03, 2014

केपी झन झन कड़ा भएर प्रस्तुत हुनुको कारण

एमाओवादिका नारायण श्रेष्ठले केपी ओलीलाई केही दिन अगाडि सोध्नु भएछ, "हामी चाहिं झन झन लचिलो हुँदै जाने, तपाइँ चाहिं झन झन कड़ा कड़ा भएर प्रस्तुत हुने, किन होला?"

त्यसको सीधा जवाफ छ ---- केपी शारीरिक पीड़ामा छन। वहाँलाई दिनको २४ घण्टा पीड़ा भैरहेको अवस्था छ। त्यस्तो अवस्थामा रहेको मानिसको मनोविज्ञान हो ---- आफ्नो पीड़ा अरुले पनि बुझुन भन्ने अभिलाषा हुन्छ, अनि अरुलाई पीड़ामा पार्न चाहिरहेका हुन्छन्। अरु पनि पीड़ामा परेमा अनि बल्ल अरुले आफ्नो पीड़ा बुझ्ने न हो!

मैले केपी देशको नेतृत्व सम्हाल्ने अवस्थामा छैनन् भनेर भनेको त्यसै होइन। अहिलेको जटिल राजनीतिक अवस्थामा देशको नेतृत्वमा केपी पुग्छन् भने देशको राजनीति अझै बढ़ी जटिल हुँदै जानेछ।

सहमतिको संविधान आउनु अगाडि अहिलेको सरकार परिवर्तन गर्नु घातक हुनेछ। त्यस पछि पनि विद्या अथवा अरु कसैलाई खोजेको राम्रो। नेपाल अहिलेसम्म महिला प्रधान मंत्री नपाएको देश।


No comments: