Sunday, November 02, 2014

७५ CDO भन्दा २५ मुख्य मंत्री सस्तो

केपी कमरेडले सस्तो सस्तो सस्तो भनेको सुन्दा सुन्दा कान पाक्न लागिसक्यो। ठीक छ, मधेसी र जनजातिको विभेदको कुरा एक छिनलाई थाती राखौं। महँगो र सस्तोकै कुरा गरौं।

सस्तोकै कुरा गर्ने हो भने प्रचण्ड-बाबुरामले भनेको १० राज्य पनि महँगो हो। अहिलेको एकात्मक व्यवस्थाभन्दा १० राज्यवाला संघीयता सस्तो हो। तर सबैभन्दा सस्तो २५ राज्यवाला संघीयता हुन्छ। किनभने २५ राज्यवाला संघीयतामा ७५ जिल्लाका सीमाना मेटिन्छन्। खर्च ह्वात्तै घट्छ। जनताको काम जति सबै कि त स्थानीय स्तरमा हुन्छ कि त राज्य स्तरमा। केन्द्रमा आम जनता धाउनु पर्ने त्यस्तो केही पनि बाँकि रहँदैन। 

संघीयतामा खर्च कसरी घट्छ


  • अहिलेको एकात्मक सरकारले नदेखेको कुरा संघीय सरकारले देख्नेछ: ए, गृह युद्ध त समाप्त भएछ भन्नेछ। गृह युद्ध अगाडि ३०,००० सैनिक थिए, जुनकि १००,००० पुर्याइए, अब त्यसलाई वापस ३०,००० पुर्याउने। तर त्यो ३०,००० पनि राजाको सुरक्षाकोलागि थियो। राजतन्त्र त समाप्त भो। विश्व शांतिकालागि १०,००० मात्र राख्ने। अहिले बजटको ५% मा रहेको सेना बजट घट्ने भो। १% मा झर्ने भो। 
  • पुलिसले बजटको ६% पाएको छ। त्यो पनि १% मै झर्ने हो। किनभने संघीयतामा पुलिस केंद्र सरकारको अलिकति मात्रै हुन्छ। प्रहरी राज्यहरुको हुन्छ। 
  • अब जाऊँ प्रशासनमा: बजटको ३३% यसले ओगटेको छ। बाहुनवादको जड़ो यहाँ नेर गाडिएको छ। अहिले कति वटा मंत्रालय छन? त्यस मध्ये eliminate गर्नै पर्ने मंत्रालय प्रशस्त छन। नेपाल जस्तो गरीब देशमा बढ़ीमा १५ वटा मंत्रालय भए पुग्छ। प्रत्येक मंत्रालयलाई downsize नगरि नहुने छ। यो प्रतिशतलाई घटाएर ३३% बाट १५% मा झार्न सकिन्छ। अनि त्यो १५% लाई पनि आधा राज्य स्तरमा सार्नु पर्छ। CDO हरुको गाड़ी मुख्य मन्त्रीहरुले पाउने भए। ७५ वटा CDO को गाड़ी २५ जना मुख्य मन्त्रीले पाए पछि ती मुख्य मन्त्रीले बिहान एउटा गाड़ी चढ्ने, दिउँसो अर्को गाड़ी चढ़ने, बेलुकी अर्को गाड़ी चढ्ने गरे भो। 
सेनाको खर्च ५% बाट १% मा पुगे पछि, पुलिसको बजट ६% बाट १% मा पुगे पछि, प्रशासनको बजट ३३% बाट १५% मा झरेपछि, त्यत्रो जुन पैसाको बचत हुन्छ, त्यस पैसाले के गर्ने? कता राख्ने त्यो अरबों रुपया? विकास गर्ने। मधेसले पहिलो कुरा त हुलाकी राजमार्ग बनाउँछ। मधेसी विरुद्धको विभेदको नम्बर १, २, ३ भित्र पर्छ त्यो हुलाकी राजमार्ग। एकात्मक राज्यको उपनिवेश समाप्त भएर संघीय राज्यको स्वराज प्राप्त हुना साथ मधेशले त्यो हुलाकी राजमार्ग निर्माण गर्छ। 

एकात्मक राज्यबाट संघीय राज्यमा जानासाथ २५% बजट बचत हुने देखियो। संघीय व्यवस्थामा transparency बढ्ने हुन्छ। चुहावट कम हुन्छ। भ्रष्टाचार कम भएर जान्छ। भने पछि २५% बचत मात्र हुने होइन, विकास बजट नै दोब्बर भए जस्तो प्रतीत हुन्छ जनतालाई। 

यो त सरकारी बजटमा बचतको कुरा। जनताको हुने बचत छुट्टै। आम जनताले सरकारबाट गराउनुपर्ने काम लगभग सबै स्थानीय स्तरमा हुन्छ संघीय व्यवस्थामा। काठमाण्डु धाउनु नपरेपछि पैसा बचत हुन्छ। यो बचत पनि अरबौंमा हुन्छ। 

अब गरौं आम्दानीको कुरा। संघीय व्यवस्था बढ़ी efficient हुने भएकोले नेपालको अर्थतंत्र देशको इतिहासमा पहिलो पटक डबल डिजिट रेटमा बढ्ने भो। अर्थात १०% अथवा सोभन्दा बढ़ी। एकात्मक व्यवस्थामा त्यो संभव हुने भए अहिलेसम्म भै सक्थ्यो। एकात्मक व्यवस्था भएको नेपालमा अर्थतंत्रको वृद्धि दर ५% पुग्यो भने के के नै भा जस्तो हुन्छ, अहिलेसम्म हुँदै आएको छ। संघीय नेपालमा ५% वृद्धि दरलाई दशा लागेको मानिनेछ। 

अहिलेको नेपालको पुरा बजट संघीय नेपालको सात वर्ष भित्रमा ५०% बराबरको हुनेछ। 

केपी ओली बाहुन  ----- बाहुनले च्याउ खाओस न स्वाद पाओस्। केपी ओलीले संघीयता महँगो भन्ने उल्टो कुरा गर्न छोड्ने हो। रातलाई दिन भन्न छोड्ने हो। 



No comments: