Saturday, November 01, 2014

धाँधली बिनाको चुनाव



अब राज्य स्तरको चुनाव होला। त्यसमा धाँधलीको गन्ध आउनु हुँदैन।
  • सरकारी तथ्याङ्क अनुसार नै ४३ लाख नेपाली नागरिकता पत्र विहीन छन। वास्तविक संख्या बढ़ी होला। ४३ लाखलाई नागरिकता पत्र पनि नदिने र नागरिकता पत्र बिना वोट खसाल्न नपाउने भन्दिने। नेपालको पछिल्लो चुनावमा भएको सबैभन्दा ठुलो धाँधली त्यो थियो। एउटा ठुलो चुनावी अपराध भयो। दुई तिहाईको धाक लगाउने डांकाहरु हुन, चुनाव जितेका मानिस होइनन्। सबै नेपालीलाई नागरिकता पत्र दिनु अगाडि चुनावमा वोट खसाल्न नागरिकता पत्र देखाउनु पर्ने नियम बनाउन पाइएन। 
  • दोस्रो ठुलो आरोप छ, वोट खसे पछि वोट गन्ने ठाउँ सम्म बक्सा लग्दा पार्टीहरुको प्रतिनिधिहरुलाई बक्सा सँगै जान दिइएन। सेनाले प्रहरीले पार्टी प्रतिनिधिहरुलाई तरसाएर भगाई दियो। सेनाले बक्सा गन्ने ठाउँमा लगनु अगाडि घन्टौं आफ्नो ब्यारेकमा राख्यो। त्यो धाँधली हो। दुई तिहाईको धाक नलगाउने। 

No comments: