Thursday, October 16, 2014

Padma Ratna Tuladhar: Major Development



तुलाधरको संयोजकत्वमा आदिवासी जनजातिको नयाँ मोर्चा
आदिवासी जनजातिको आज बसेको भेलाले ‘आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल’ नामक मोर्चा गठन गरेको हो । अधिकारकर्मी पद्मरत्न तुलाधरलाई सर्वसम्मत रुपमा सो मोर्चाको संयोजक चयन गरी ४४ सदस्यीय राष्ट्रिय परिषद्समेत चयन गरिएको छ । ..... परिषद्का सदस्यमा नेकपा (एमाले) का सचिव पृथ्वीसुब्बा गुरुङ, एकीकृत नेकपा (माओवादी) का सचिव वर्षमान पुन, नेपाली काँग्रेसका नेता इन्द्रबहादुर राई, नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङ, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईलगायत राजनीतिक दलका प्रतिनिधि छन् । त्यस्तै अधिकारकर्मी मल्ल के सुन्दर, आदिवासी जनजाति महासङ्घका पूर्वअध्यक्ष पासाङ शेर्पा, संस्थापक महासचिव सुरेश आलेमगर र पूर्वमहासचिव डा ओम गुरुङ तथा पेम्बा भोटेलगायत छन् । संयोजक तुलाधरले संविधानमा पहिचानसहितको सङ्घीयताका लागि कुनै पनि प्रकारको सम्झौता नगरिने र देशव्यापी रुपमा आन्दोलन गरिने बताए ।

No comments: