Tuesday, October 14, 2014

पर्वतेको मुख्य मंत्री मधेसी किन हुन सक्दैन?

पहाड़बाट तराई झर्दा झर्दा झापा, मोरंग, कैलाली र कन्चनपुरमा पर्वते र मधेसी ती चार जिल्लामा ५०-५० को अनुपातमा पुगिसकेका छन। एउटा देशको नागरिक त्यो देशमा जहाँसुकै बस्न पाऊँछ। हुनुपर्ने पनि त्यही हो। 

तर पर्वते ५०% को हाराहारीमा पुग्यो भन्दैमा ती जिल्ला मधेश र थरुहट राज्यमा बस्न नहुने जुन तर्क काँग्रेस र एमालेवालाहरुले सार्दैछन् त्यो तर्क भोलि गएर देश तोड्ने तर्क हो। 

समुचा पर्वतेको राष्ट्रपति मधेसी भइसकेको देशमा झापा, मोरंग, कैलाली र कन्चनपुरको पर्वतेको मुख्य मन्त्री मधेसी किन हुन सक्दैन? झापा, मोरंग, कैलाली र कन्चनपुर मधेश हो, चितवन मधेश हो, मकवानपुर मधेश हो। 


No comments: