Monday, October 13, 2014

काँग्रेसले जातीय राज्य तर्फ पाइला चालेको छ

Endangered Species (Man album)
Endangered Species (Man album) (Photo credit: Wikipedia)
Siberian Tiger Français : Tigre de sibérie Ita...
Siberian Tiger Français : Tigre de sibérie Italiano: Tigre Siberiana Español: Tigre siberiano 한국어: 시베리아 호랑이 ‪中文(简体)‬: 东北虎 ‪中文(繁體)‬: 東北虎 (Photo credit: Wikipedia)
काँग्रेसले जातीय राज्य तर्फ पाइला चालेको छ। सात राज्यको नक्शा बनाएर प्रत्येक राज्यमा नेपाली बाहेक अरु दुई भाषालाई सरकारी काम काजको भाषा बनाउने प्रस्ताव गरेको छ। भनेपछि हिंदी, मैथिलि, भोजपुरी, अवधि, थारु, उर्दु लगायत लिम्बु, राइ, तामांग, नेवारी, मगर, गुरूंग, शेर्पा, भोटिया, थकाली भाषाहरु सरकारी कामकाजको भाषा बन्ने बाटो खुलेको हो। तर उसले एक राज्यमा नेपाली बाहेक बढ़ीमा दुई अरु भाषा भनेको छ। त्यो अडान अवैज्ञानिक हो। कुनै राज्यमा तीन भाषाले पुग्ला, कुनैमा पाँच-छ चाहिएला। फोर्मुला भने फेर्नु पर्छ।

 नेपालका भाषाहरु

राज्य स्तरमा त त्यो जिल्ला र गाऊँ स्तरमा चाहिं? कति यस्ता समुदाय छन जसको राष्ट्रिय स्तरमा जनसँख्या नगण्य छ तर उनीहरु ५-१० गाऊँमा झुम्मिएर बसेका छन। उनीहरुको आफ्नै भाषा छ, स्थानीय बहुमत छ। सानो भाषा भएकोले त्यो भाषा "endangered species" कैटगोरीमा छ। त्यो भाषा त त्यो समुदायको मात्र होइन सारा देशको सम्पत्ति हो। चितवनको बाघलाई हामी चितवनको मात्र भन्दैनम्, सारा देशको भन्छौं।

राज्यमा नेपाली बाहेक थप दुई भाषा भनेर बाहुनवादी भनेर चिनिने काँग्रेसले सही दिशामा कदम चालेको हो, तर सबैले मिलेर त्यस दिशामे थप पाइलाहरु चाल्नु परयो। राज्य स्तरमा नेपाली बाहेक पाँच भाषा भन्नु पर्यो। राज्यले जिल्ला र गाऊँ स्तरमा अझ विशेष व्यवस्था गर्न सकने भन्नु पर्यो।

काँग्रेसले यो सकारात्मक कदम लिएको छ र त्यसलाई प्रोत्साहित गर्नु पर्छ।

Counter Proposal To The Nepali Congress

No comments: