Sunday, October 12, 2014

जातीय राज्यको अवधारणा

माओवादी र मधेसी सरकारमा हुँदा देखि नै गल्तीहरु हुन थालेका हुन।

Monday, December 31, 2012: The State Of Nepali Politics: A Diagram

उपेन्द्र यादवलाई अलग राख्न नहुने। अशोक राइलाई मिलाउनु पर्ने। मधेसी पार्टीहरुले एकीकरण गर्न नसके एक क्षेत्र एक उम्मेदवारको समझदारीमा अलायन्स बनाउनुपर्ने। एमाओवादी, माओवादी, मधेसी पार्टीहरु र अशोक राइले देशभरि एक क्षेत्र एक उम्मेदवारको समझदारी बनाउनुपर्ने थियो। तर भयो के? माओवादीले चुनाव बहिष्कार मात्र गरेन, चुनाव बिथोल्ने धम्की दियो। चुनावी सरकारले सेना परिचालन गर्ने निहुँ पायो। चुनावमा धाँधली भयो। एमाओवादीले मधेशमा मधेसी पार्टीहरुका विरुद्ध कड़ा कैंपेन गर्यो। यहाँसम्म कि पुर्वी पहाडमै हैसियत कायम गर्न नभ्याएको अशोक राइले मधेशमै मधेसी पार्टीहरुलाई चुनौती दिने प्रयास गर्यो। मधेसी पार्टीहरुले एक अर्कासंग प्रतिस्प्रधा गरे। नारा चाहीं एक मधेश एक प्रदेशको दिने प्रत्येकले तर जनताकोमा जाँदा २५ वटा पार्टी बनेर जाने।

अनि त्यही भयो जो हुनु थियो। अनि यी सबैले चुनाव हारेपछि बनाए Federal Democratic Alliance -- त्यसमा एमाओवादी पनि छ, मधेसी पार्टीहरु छन, उपेन्द्र यादव छ, अशोक राइ छ। चुनाव हारे पछि! र अहिले माओवादी पनि सगबगाइ रहेको छ।

देशको राष्ट्रपतिले बदमाशी गर्यो। पार्टीगत राजनीतिभन्दा माथि बस्नुपर्ने मान्छेले पार्टीगत राजनीति गर्यो। चुनावी सरकारले बदमाशी गर्यो। ४० लाख नेपालीको मताधिकार खोसियो। प्रमुख धाँधली त त्यहाँ भयो। चुनाव अगाडि त्यसको विरोध किन गरिएन? अहिले त्यो ४० लाखलाई नागरिकता पत्र दिलाउने बारे Federal Democratic Alliance को के छ अवधारणा?

अहिले पहिले पावर devolution को कुरा गर्ने हो। राज्य ५ होस या १५, ती राज्य र केन्द्र बीच शक्तिको बाँडफाँड के कस्तो हुने? त्यसमा सहमति बनाउने हो। मैले सुझाव दिएको:केन्द्र सरकारको बजटको एक तिहाई ५ राज्यलाई जनसंख्याको आधारमा समानुपातिक दिने। त्यस्तै राज्य सरकारले जिल्ला सरकारलाई, जिल्ला सरकारले गाऊँ र शहर सरकारलाई।

सबभन्दा ठुलो झगड़ा राज्यहरुको नाममा छ, त्यसैले त्यसलाई अहिले थाती राख्ने। पावर devolution मा सहमति बनाउने। अनि नक्शामा जाने। एमाओवादी, माओवादी, मधेसी पार्टीहरु र अशोक राइले देशभरि एक क्षेत्र एक उम्मेदवारको समझदारी बनाएर चुनाव लडेको भए यिनले चुनाव जित्ने हो, तर त्यो अब ढिलो भइसक्यो। अब कोम्प्रोमाईज़ त गर्नै पर्छ।

नक्शाको कुरामा मैले सारेको यस्तो छ।



कांग्रेस र एमालेले मानने किसिमको नक्शा। तर राज्यको नाम राज्य संसदले बहुमतले राख्ने भन्ने निर्णय गर्न सक्नु पर्यो र यस अलायन्सले राज्यको चुनावमा विजय हासिल गर्नुपर्यो। विजय हासिल गर्ने तरिका हो एमाओवादी, माओवादी, मधेसी पार्टीहरु र अशोक राइले देशभरि एक क्षेत्र एक उम्मेदवारको समझदारी बनाएर चुनाव लड्ने।

No comments: