Wednesday, September 24, 2014

छलफल र वादविवाद Short Circuit गर्नु मुर्ख मान्छेको लक्षण हो

संघीयतामा जाने कि नजाने भन्ने विवाद नेपालमा औपचारिक रुपमा छैन। तर कुन किसिमको संघीयतामा जाने भन्ने विवाद र छलफल जारी छ। पहिलाको संविधान सभाको मैंडेट पनि सबै पार्टी मिलेर संविधान बनाउ भन्ने थियो, अहिले पनि त्यही हो।

भने पछि छलफल गर्ने हो, खुला बहस गर्ने हो। वाद विवाद गर्ने हो। संसदमा गर्ने हो। संसदबाहिर गर्ने हो। चोक डबलीमा गर्ने हो, इंटरनेटमा गर्ने हो, फेसबुकमा गर्ने हो, ब्लॉग र ट्वीटरमा गर्ने हो। चिया पसलमा गर्ने हो। दिउँसो गर्ने हो, बेलुकी गर्ने हो।

मुर्ख मान्छेलाई तर आत्थु आत्थु भइराखेको हुन्छ। छलफल जति लम्बियो त्यति टाउको दुख्छ। अनि उ छलफल र वादविवाद सकेसम्म कसरी short circuit गर्दिउ भन्ने ताकमा बसेको हुन्छ। जस्तो कि बाबा वामदेव।

वामदेवलाई मंत्री परिषदबाट हटाउने हल्ला फैलिएको थियो। सार्क गृह मंत्री स्तरीय भेला अगाडि त मिल्दैन भन्ने तर्क सारियो। उल्टो तर्क। झन सार्क गृह मंत्री स्तरीय भेला अगाडि नै हो उसलाई हटाउनुपर्ने। देशको त्यत्रो बेइज्जत भयो। त्यो बेइज्जती त जोगिन्थ्यो। कहाँ गए देशलाई माया गर्नेहरु?


No comments: