निर्दलीय प्रजातन्त्र र आत्म निर्णयको अधिकार बिनाको संघीयता



आत्म निर्णयको अधिकार सहितको संघीयतावाला विचार अप्रिय मान्ने वामदेव र सुशीलहरुले या त आत्म निर्णयको अधिकार बिनाको संघीयता रुचाएका हुन, या त वीरेन्द्रबादवाला ५ "विकास क्षेत्र" वाला "संघीयता" (जुन कि संघीयता नै होइन -- बाहुनले च्याउ खाओस न स्वाद पाओस्) रुचाएका हुन, या त संघीयता नै नचाहेका हुन। 

संघीयता न चाहेको अवश्य हो। देशको एक मात्र राजधानी काठमाण्डुलाई बनाइ राख्ने इच्छा त हो यी बाहुनहरुको। देशमा १० वटा राजधानीले इनको सातो किन जाने हो त्यो चाहिं थाहा भएन। तर मट्ठर बयल जस्तो गरी चाहि नचाहि यिनीहरुले संघीयताको पक्षमै विगत दुई चुनावमा जनतासँग मत मागे। त्यो संघीयता यिनीहरुलाई घांडो भएको पनि हो। तर के गर्ने? ज्ञानेन्द्र र कमल थापाले चाहेर राजतन्त्र फर्किने वाला छैन, यी बाहुनले चाहेर संघीयता बिलाइ जाने होइन। 

संघीयता भनेको विकेन्द्रीकरण होइन। राजा वीरेन्द्रको ५ विनास क्षेत्रको अवधारणा विकेन्द्रीकरणको असफल प्रयोग थियो। त्यो आयो गयो सकियो। त्यो नक्शाको मोह हुनेहरु अझै पनि यो संघीयता नामको घांडोबाट उम्किन सकिन्छ कि भनी दिवा स्वप्न देख्नेहरु हुन। 

संघीयता नचाहेर नै हो पहाड़का जनजातिलाई जातीय संघीयता दिन्नौं भन्ने, तराईका मधेसीलाई भौगोलिक संघीयता दिन्नौं भन्ने। यो संघीयताको मुद्दा नियतको मुद्दा भइसक्यो। यी बाहुनहरुको नियत ख़राब छ। 

संघीयताको पक्षमा रहेका शक्तिहरुले के बुझ्नुपर्छ भने निर्दलीय प्रजातन्त्र र आत्म निर्णयको अधिकार बिनाको संघीयता  उस्तै उस्तै हो। हात्ती बलियो कि हात्ती छाप चप्पल बलियो? उस्तै उस्तै हो नानु। 

Comments