Tuesday, September 23, 2014

सीके राउत र म

First "Free CK Raut" Event Outside South Asia



सीके राउतलाई मैले केही वर्ष अगाडि बोस्टनमा भेट्ने मौका पाएको हुँ। मधेसी क्रान्ति दौरानका मेरा सबै ब्लॉग पोस्टहरु पढेको भने राउतले। म उनको कम्प्यूटर विज्ञानको गहिरो ज्ञानबाट धेरै प्रभावित मान्छे। सीके राउतको बौद्धिक स्तरको मान्छे नेपालमा र नेपाली डायस्पोरामा कमै होलान।

विदेश पढ्न गएको मान्छे फर्कियो त सीके राउत नेपाल। के हाल गरेको छ नेपालले!

पहिले राजनीतिक कुरा स्पष्ट पारदिउ। म नेपालमा संघीयता र दक्षिण एशियामा आर्थिक एकीकरण चाहेको मान्छे हो। मैले मधेश अलग देशको कल्पना गरेको छैन। मधेसीप्रति भएको विभेदको समाधान मेरो विचारमा संघीयता हो, संघीयता र क्षेत्रीय आर्थिक एकीकरण। त्यस अर्थमा सीकेको र मेरो विचार फरक छ।

तर मधेसी प्रति भएको विभेदबारे सीकेले आफ्नो आत्मजीवनीमा जस्तो स्पष्ट लेखेका छन, त्यो मधेसी नेतृत्वको इतिहासमा पहिलो हो। त्यो विभेद छ भन्ने कुरामा हाम्रो कड़ा सहमति छ। पहाड़ी बदमाशीको मेरो कडुवा अनुभवको शुरुवात मैले SLC दिनु केही महिना अगाडि देखिको हो।

म बुढानीलकण्ठ स्कुलमा पढ़ेको। ४ क्लासदेखि कक्षामा सधैं प्रथम। ५ क्लासमा हाउस कैप्टेन भएको, फेरि १० क्लासमा। मिडिल स्कुलमा बेस्ट ऐक्टर अवार्ड पाएको, स्कुलको मेन्टल अरिथमेटिक चैंपियन भएको। १० क्लासमा हाउस कैप्टेन भएर मैले जे काम गरें त्यो स्कुलको इतिहासमा त्यति बेलासम्म अरु कुनै हाउस कैप्टेनले गरेको मलाई थाहा छैन। मैले SLC दिनु केही महिना अगाडि तर स्कुल चलाएर बसेका ब्रिटिश र बाहुनहरुले भने मेरो जिन्दगीको नक्शा फेरि दिए। म बराक ओबामाको न्यु यर्कको पहिलो फुल टाइम भोलूण्टियर पछि त्यसै भएको होइन। जीवनराज वाग्ले र सुदर्शन रिजालको बदमाशीले मेरो जिन्दगीको नक्शा बदलिदियो।

तपाईंले पानी देख्नु हुन्छ तर पानी भन्ने शब्द थाहा छैन भने तपाईंले त्यसलाई के भन्नुहुन्छ? अहिले मैले छोटकरीमा भन्न खोजेको हो। यहाँ ठाउँ पनि र समय पनि कम छ, विस्तृतमा पछि कुनै बेला लेखौंला। नेपालमा मधेसी क्रान्ति भयो, मैले न्यु यर्कमा त्यसकालागि फुल टाइम दिएँ।

मधेसी प्रतिको विभेद एक फ़्लैश मैं देखें, गोराको racism एक फ़्लैश मैं देखें, तर देखेको कुरा व्यक्त गर्न, राम्रोसँग बुझ्न, शब्दहरु खोज्न वर्षौं लाग्यो। भएको र भइरहेको विभेदबारे सके जतिले कुरा गरेको राम्रो, लेखेको राम्रो।

तर राजनीति आत्मकथाको आधारमा गरिदैन, आत्म कथा शुरुवात हुन सक्छ, तर राजनीति मेरो लागि बिज्ञान हो। प्रथम चैप्टर लोकतंत्र, दोस्रो चैप्टर संघीयता, तेस्रो र सबैभन्दा महत्वपुर्ण चैप्टर हो आर्थिक क्रान्ति। संघीयताको मुद्दामा बेइमानी गर्ने जुन प्रयासहरु भैराखेका छन, त्यसले आर्थिक क्रान्तिको सम्भावनाहरुलाई डिस्टर्ब गरिरहेको छ।

आर्थिक क्रान्ति तर सबैकालागि हो।

सीकेको बाटो अहिंसाको बाटो हो। कुनै सदस्य राज्यले चाहेमा जनमत संग्रहको आधारमा अलग देश बन्न पाउने संघीयता उच्च कोटिको संघीयता  हो। बालकोनीमा बसेर फिल्म हेर्ने ऑप्शन छ भने थर्ड क्लासमा किन बसेर हेर्ने? वामदेव र सुशीलको संघीयता थर्ड क्लासको छ। आत्म निर्णयको अधिकार सहितको संघीयता अब त बॉटम लाइन भइसक्यो।

अर्को कुरा मधेशका २२ जिल्लालाई तोड़ताड़ गर्न पाइएन। कैलाली, कन्चनपुर, चितवन, झापा, मोरंग सब मधेशका जिल्लाहरु हुन।

प्रथम कुरा सीकेको रिहाईको हो। मानव अधिकारको हनन गर्न पाइँदैन। त्यसपछि आत्म निर्णयको अधिकार सहितको संघीयता, मधेशका २२ जिल्लालाई तोड़ताड़ नगर्ने संघीयताको हो।

त्यसपछि जाने जनतामा हो। सीकेले मधेश स्वराज पार्टी खोले भो। पाइन्छ। कुनै राज्यको संसदले बहुमतका आधारमा अलग देश बन्नकालागि जनमत संग्रह गराउन पाइन्छ।

अहिलेको तत्कालको गाँठी कुरा सीकेको रिहाईको नै हो। यो संघीयता र स्वराजको मुद्दा होइन, मानव अधिकारको मुद्दा हो। २००६ अप्रिलको लोकतान्त्रिक क्रान्ति पर्याप्त भएन, अर्को आन्दोलन, अर्को क्रान्ति गर्नु पर्ने भो भन्ने सन्देश वामदेव र सुशीलले दिइ रहेको अवस्था छ।

सीकेलाई तुरुन्त र बिना शर्त रिहाई गर भन्ने नाराकासाथ मधेश बन्द गर्नु बाहेक अर्को विकल्प यो सरकारले छोड़े जस्तो मलाई लाग्दैन।

बिखण्डनकारीलाई राज्यले बैधता दिएको मधेसवादी दलको ठहर
‘नेपाल आमा’ को सिके राउतलाई पत्र
असमानता हटाउन स्वायत्त मधेश प्रदेशः ठाकुर
राज्य व्यवस्थापन गर्न नसके विभाजन हुन्छ

No comments: