Wednesday, September 12, 2007

Time To Hit The Campaign Trail



Stepping out of the government might be a good tactical move on the part of the Maoists. It is more fun to campaign as the opposition. But instead of focusing on a "movement," they should turn their 22 points into election issues to be used against the parties in power.

They could legitimately take prime credit for the very idea of a constituent assembly. They could take credit for the impending republic. They could say they forced even the Congress to come out for a republic. They definitely can take a lot of credit for the idea of federalism. If it were not for the Maoists, the UML and the Congress would not have gone for federalism.

Of all the big parties, it is the Maoists who are out there in the front when it comes to Dalit and Janajati and women's rights. The Maoists are the only big party with a concrete map for federalism. They will reap some major electoral rewards because of that.

But above all, they must trust the people. The masses vastly outnumber their cadres. They should commit themselves to free, fair elections, and they should enter the campaign fray with gusto. They have some good orators, starting with Prachanda himself. They definitely have a superb nationwide party organization.

As long as the Maoists give the impression they are for rule of law, they are for multi-party democracy, that they are for ballot box power, not muscle power, I think they could do very well at the polls.

Declaration of republic can wait a few months. And you can not put too much stock in electoral procedure. The mixed election can work.

It is time to go to the people. It is the people who have the answers. It is the people who have the power. You go to them.

Rai Party, Limbu Party, Tamang Party, Dalit Party

The same applies to them. Got to go to the people.

MJF, Sadbhavana

Got to go to the people. Got to stay united, and got to go to the people.

April Revolution, Madhesi Kranti, November Election

The April Revolution was the first of its kind in world history. The Madhesi Kranti was more intense than the April Revolution. The November Election is going to be bigger than the April Revolution and the Madhesi Kranti put together.

In The News

सद्भावनामा हानथाप Kantipur काठमाडौं, भदौ २५ - नेपाल सद्भावना पार्टीका १४ नेताले महाधिवेशनमा भाग नलिने घोषणा गर्दै कार्यकर्तालाई पनि नजान आग्रह गरेका छन् । नेताहरूको सदस्यता निलम्बन गर्ने क्रम पनि जारी छ । ती नेताहरूले विवाद समाधान गरेर सहज वातावरणमा महाधिवेशन गर्न तिथि तोक्नु उचित हुने राय दिएका छन् । विज्ञप्ति निकाली भाग नलिने घोषणा गर्नेमा सांसदत्रय भरतविमल यादव, हृदयेश त्रिपाठी र गोविन्द थारू छन् । त्यस्तै वरिष्ठ नेता खुसीलाल मण्डल, केन्द्रीय सदस्यहरू डा. डम्बरनारायण यादव, सत्यवती कुर्मी, विश्वनाथप्रसाद साह, प्रचार विभाग प्रमुख श्रीमननारायण मिश्र छन् । पूर्वसांसद एवं केन्द्रीय सदस्य रामेश्वरराय यादव, पूवर् युवा मञ्च अध्यक्ष राजनारायण साह, दिलीपकुमार सिंह, विद्यार्थी मञ्चका राष्ट्रिय अध्यक्ष रामबाबु यादव, महोत्तरीका जिल्ला अध्यक्ष सुनिल रोहित, केन्द्रीय अनुशासन समितिका सचिव रमणकुमार पाण्डेयले पनि महाधिवेशनमा भाग नलिन आग्रह गरेका छन् । 'पार्टी एकताका लागि हामीले आ-आफ्ना समर्थकलाई समेत विवादित महाधिवेशनमा भाग नलिन आह्वान गरेका हौं,' सांसद भरतविमलले भने- 'हाम्रो एकमात्र लक्ष्य सद्भावना टुक्रिन नदिनु हो ।' महाधिवेशन तयारीकै लागि वीरगन्ज पुगेका वरिष्ठ उपाध्यक्ष कर्णले भने बिहीबार महाधिवेशन सुरु हुने बताएका छन् । उनले पाँच सय कार्यकर्ता वीरगन्जमा तयारीमा जुटिरहेको दाबी गरे । 'महाधिवेशन नीति र नेताको निर्णय गर्ने थलो हो,' उनलेे भने- 'गुनासो भएकाले समेत महाधिवेशनमा कुरा राख्नुपर्छ ।' उनले कार्यकर्तामा पकड भएका व्यक्तिले महाधिवेशनबाट आत्तिनुपर्ने स्थिति नरहेको बताए । यता केन्द्रीय कार्यालय कब्जा गरेर बसेका महासचिव श्यामसुन्दर गुप्ताले पनि बुधबार वीरगन्ज जाने योजना बनाएका छन् 'महाधिवेशन कुनै हालतमा हुन दिन्न,' उनले भने । उनले आफ्नै नेतृत्वमा कार्यकर्ताले महाधिवेशन गर्न नदिने दाबी गरे । अध्यक्ष आनन्दीदेवी सिंहले महाधिवेशन स्थगित भएको जानकारी गराइसकेकी छन् भने महतो पक्षले निर्धारित समयमै हुने भन्दै तयारी गरिरहेको छ । प्रवक्ता गिरी निलम्बित अध्यक्ष सिंहले प्रवक्ता सरिता गिरीलाई पार्टी हितविपरीत कार्य गरेको भन्दै मंगलबार साधारण सदस्यबाट समेत निलम्बन गरेकी छन् । यसअघि वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण, उपाध्यक्ष तथा मन्त्री राजेन्द्र महतो, रामनारायण यादव र महासचिव अनिल झालाई निलम्बन गरिएको थियो । अकार् तिर महतो पक्षका वरिष्ठ उपाध्यक्ष कर्णको अध्यक्षतामा बसेको बैठकले महासचिव श्यामसुन्दर गुप्तालाई निलम्बन गरेको छ भने अध्यक्ष सिंहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।
मलंगवामा फोरमको विजय जुलुस सर्लाही, भदौ २५ - सरकारसँग वार्ता सफल भएकोमा सोमबार मधेसी जनअधिकार फोरमले मलंगवामा विजय जुलुस प्रदर्शन गरेको छ । जुलुसमा फोरमका कार्यकर्ताले मधेसीको हितमा सरकारसँग भएको सम्झौताको स्वागत गर्दै नराबाजी गरे । जुलुस मलंगवा नगर परिक्रमा गरी जिल्ला विकास चोकमा सभामा परिणत भएको थियो । मधेसी अधिकारका लागि गरेको आन्दोलनका उपलब्धि उक्त सम्झौताबाट संस्थागत भएको वक्ताको भनाइ थियो । सभाका प्रमुख वक्ता फोरमका सदस्य कृष्णदेव यादवले २ सय ३८ वर्षपछि राज्य मधेसीलाई मूलधारमा जोड्न बाध्य भएको बताए । आफ्नो भाग्यरेखा आफैं कोर्ने संविधानसभाको अवसरलाई सफल पार्ने सबै मधेसीको दायित्व भएको उनले औंल्याए । उनले फोरम र सरकारको सम्झौतापछि असन्तुष्ट बनेका पक्षलाई समेत चुनावमा सँगै मिलेर सहभागी हुन आउन आग्रह गरे । जुलुस र सभामा उल्लेख्य सहभागिता थियो । सभामा फोरमका जिल्ला अध्यक्ष रवीन्द्र यादवले सरकारले सम्झौता उल्लंघन गरे सम्पूर्ण मधेसी युवा आन्दोलनमा उत्रने चेताबनी दिए । सभामा युवा फोरमका अध्यक्ष अशोक यादव, विद्यार्थी प|mन्टका अध्यक्ष गणेश यादवलगायतका वक्ताले चुनावमा लाग्न सबैलाई आग्रह गरेका थिए ।
टाइगरद्वारा विस्फोट
सबै दल मधेसका एजेन्डासहित प्रचारमा चितवन, भदौ २५ - संविधानसभा निर्वाचन नजिकिँदै गर्दा मध्य र पश्चिमाञ्चलका तराईका जिल्लामा चुनावी चहलपहल बढ्दै गएको छ । यस क्षेत्रमा आन्दोलनरत मधेसी जनअधिकार फोरम र सरकारबीच सहमतिपछि जिल्लाहरूमा दलहरूले चुनावी गतिविधि तीव्र पारेका छन् माओवादी कार्यकर्ताहरूमा निर्वाचनबारे द्विविधा र कांग्रेस एकीकरणमा अन्योल भइरहँदा खास गरी एमालेले गाउँ-गाउँमा चुनावी गतिविधि बढाउँदै लगेको छ । पछिल्लोपटक मधेस जनअधिकार फोरमले समेत तराईका गाविसमा एकाएक संगठन विस्तार र कार्यकर्ता परिचालन थालेको छ । यसअघि सद्भावना पार्टी निकट रहेकाहरू अहिले फोरममा क्रियाशील भएको जिल्लास्थित कान्तिपुर सहकर्मीहरूले जनाएका छन् । सरकार-फोरमबीच सहमतिपछि मध्य तराईका अन्य जिल्लासँगै बारामा पनि संविधानसभा चुनाबको चहलपहल बढेको छ । संविधानसभा निर्वाचनको प्रचारमा राजनीतिक दल अग्रसर भएका छन् । त्यस्तै फोरम पनि संविधानसभाको चुनावबाट बाँकी लक्ष्य पूरा हुने बताउँदै चुनावी अभियानमा होमिएको छ । 'प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानसभाको निर्वाचनमार्फत उपलब्धि हासिल गर्नु मधेसी समुदायको बुद्धिमानी हुनेछ, फोरम बुद्धिजीवीका जिल्ला अध्यक्ष उमेशलाल दासले बताए । प्ा्रचारमा एमाले अरूभन्दा अगाडि रहेको छ । उसले यहाँका गाउँ-सहरका भित्ताहरू 'संविधानसभा सफल पारौं,' को नाराले रंगाइसकेको छ । एमाले जिल्ला प्रचार प्रमुख कृष्ण पौडेल जिल्लाका ९८ गाविसमध्ये अधिकांशमा चुनावमा सचेतना जगाउने तथा कार्यकर्ता प्रशिक्षण गर्ने कार्य जारी रहेको बताउँछन् । त्यस्तै पार्टी एकताको प्रतीक्षामा रहेको कांग्रेस पनि संविधानसभाका लागि आन्तरिक गृहकार्यमा भने जुटिसकेको छ । 'एकीकरण भए लगतै प्रचारमा जुट्नेछौं,' जिल्ला कमिटी सदस्य कृष्णव्रत सिंहले भने- 'संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने पार्टीको निर्णयले यहाँका युवाहरू नयाँ जाँगर पलाएको छ ।' उता सद्भावना पार्टी पनि 'अभी नहीं तो कभी नहीं' -अहिले भएन भने कहिल्यै हुँदैन) भन्ने नाराका साथ प्रचार-प्रसारमा जुटेको छ । यता माओवादी पनि केन्द्रले जारी गरको २२ बुँदेधारणा जनताको घर दैलोमा पुर्‍याउने अभियानमा जुटेको छ । 'संविधानसभाको सुनिश्चितताका लागि यी माग पूरा गराउने कार्यमा जन दबाब सिर्जन गर्न यसो गरेको उसको धारणा छ । 'संविधानसभाको सुनिश्चितताका लागि यी माग पूरा हुनु आवश्यक छ,' जिल्ला कमिटी सदस्य विरोधले बताए । त्यस्तै जिल्लाका स्थानीय दैनिक तथा एफएमहरूले पनि संविधानसभाको बारेमा नियमित बहस चलाउन थालेका छन् । बहसमा स्थानीय नेता, अधिकार कर्मीद्वारा संविधानसभाको महत्त्वको विषयमा जानकारी गराउने गरेका छन् । पर्सामा पनि चुनावी चहलपहल सुरु भएको छ । विभिन्न दलका केन्द्रीय नेताहरूको दौडाहाले सदरमुकाममा चुनावी वातावरण गर्माएको छ । प्रमुख राजनीतिक दलका सम्भावित उम्मेदवार, तिनको अवस्था बारेमा जोडघटाउ सुरु भएको छ । निर्वाचन क्षेत्र थप भई संख्या ५ पुगेकाले पनि सम्भावित उम्मेदरवारमा जोस बढाएको छ । जिल्लामा प्रभाशाली रहेका दुवै कांग्रेस र एमालेलाई चुनाव लागिसकेको छ । मधेस आन्दोलनपछि प्रतिकूलतासित जुझिरहेको माओवादी पनि केन्द्रको निर्देशनको प्रतीक्षामा छ मधेस आन्दोलनबाट उदाएको फोरम चुनावकै मुखमा चोइटिएकाले कार्यकर्ता पंक्ति भने अन्योलमा छचुनावी अभियानमा एमाले अघि देखिएको छ । जिल्लामा दह्रो मानिएको कांग्रेसका कार्यकर्ता एकीकरण घोषणाको प्रतीक्षामा रहेकाले केही सुस्त छन् । तैपनि दुवै कांग्रेसले आआफ्ना पार्टीको कार्यक्रम गरिरहेकै छन् । 'सबैभन्दा सशक्त कांग्रेस गाउँ नपसी चुनावी माहोलमा अपेक्षित गरमपना आउँदैन, सञ्चारकर्मी दीपेन्द्र चौहान टिप्पणी गर्छन् । एमालेले सदरमुकामका सबै वडामा निर्वाचन परिचालन, अर्थ संकलन र प्रचारप्रसार समिति गठन गर्न भ्याइसकेको छ । स्वयं सेवक दस्ता पनि गठन गरिसकेको पाटीर् को जिल्ला समिति सदस्य अरविन्द सिंह बताउँछन् । 'यसबाहेक आफ्ना जनवर्गीय संगठनहरूलाई सक्रिय बनाई पूरै पार्टी पंक्तिलाई चुनावी अखडामा होम्न एमाले लागिपरेको छ,' सिंहले कान्तिपुरसित भने । जनवर्गीय संगठन नभएका ठाउँमा गठन गर्ने र भएकामा सक्रिय बनाउने अभियान सुरु गरिएको छ । कांग्रेस प्रजातान्त्रिकले वषर्ाद् अगावै जिल्लाका सबै पन्ध्रवटा इलाकामा संविधानसभा निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसकेको थियो । प्रशिक्षण कायर् क्रममा बुथ समितिका पदाधिकारीहरूलाई सहभागी गराइएको पार्टीको जिल्ला समिति सदस्य जनार्द्घनसिंह क्षेत्रीले बताए । सद्भावना पार्टीले वीरगन्जमा गर्ने विशेष महाधिवेशन विवाद बढेपछि कार्यकर्ता अन्योलमा परेका छन् । महाधिवेशन सकिनासाथ हामीलाई चुनाव लागिहाल्छ, पार्टीको पर्सा जिल्ला सचिव शिव पटेलले कान्तिपुरसित भने । माओवादीका स्थानीय नेताहरू चाहिँ अहिलेको अवस्थामा वास्तविक संविधानसभाको चुनाव हुन नसक्ने केन्द्रको भनाइ दोहोर्‍याइरहेका छन् । गोलमेच सम्मेलन आयो जना गरी निर्वाचनका तगाराहरूलाई किनारा नलागाउने हो भने चुनाव होइन चुनावको नाटक हुनेछ, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य सोनालाल साह भन्छन् । मकवानपुरमा संविधानसभा निर्वाचन प्रचारका लागि केही राजनीतिक दलहरू गृहकार्यमा व्यस्त रहेका छन् भने केही दलहरू गाउँ-गाउँमा कार्यकर्ता भेला गर्दै चुनाव प्रचार-प्रसार समिति गठन गर्न थालेका छन् । दामनमा जनमोर्चाले निर्वाचनका लागि कार्यकर्ता भेला गरेको थियो । निर्वाचनमा होमिएको एमालेले नगरका विभिन्न वडाहरूको चुनाव प्रचार-प्रसार कार्यालयको स्थापना गरिसकेको छ भने अधिकांश गाविसमा चुनाव प्रचार समिति गठन गरिसकेको छ । उता एकीकरणनजिक पुगेको प्रजातान्त्रिक कांग्रेसले शनिबारदेखि गाउँ/गाउँमा चुनावी अभियान सुरु गरेको छ । नेपाली कांग्रेसले ४३ गाविसमा चुनाव प्रचार-प्रसार समिति गठन गर्न जिल्लाका नेताहरू गाउँ-गाउँमा पठाउने निर्णय गरिसकेको पार्टी सभापति नरेन्द्र मिश्रले बताए । माओवादीले आन्दोलन र संविधानसभाको निर्वाचनलाईसँगै लैजाने नीति लिएकाले गाउँ-गाउँमा संविधानसभा निर्वाचनको वातावरण बनाउने भनेर कमिटीहरू निर्माण गर्न थालेका छन् । ती कमिटीहरूले आन्दोलनसँगै चुनाव प्रचार-प्रसार पनि गर्नेछन्, माओवादीका जिल्ला नेता प्रह्लाद लामिछानेले बताए . चितवनमा एमालेले मात्रै संविधानसभा चुनावको प्रचार प्रसारलाई अभियानका रूपमा अगाडि बढाएको छ । जिल्लामा प्रभावशाली नेपाली कांग्रेस एकीकरण पर्खेर बसेको छ । भने जनमोर्चाले अर्को महिनामा प्रच्ार-प्रसारमा जाने जनाएको छ । प्रचण्ड र बादलको गृह जिल्ला चितवनमा माओवादीले अहिलेसम्म चुनावी कार्यक्रम गरेका छै नन् । उसले पछिल्लोपटक राखेको २२ बुँदे माग गाउँ-गाउँमा पुर्‍याइने जनाएको छ । पाँचवटा चुनाव क्ष्ाेत्र रहेको यस जिल्लामा एमालेमात्रै गाउँ स्तरसम्म पुगेको छ । जिल्ला सचिव विजय सुवेदीका अनुसार एमालेले जिल्ला स्तरमा १ सय ६५ सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ । सबै क्ष्ाेत्र र गाउँस्तरमा निर्वाचन परिचालन र प्रचार-प्रसार समिति गठन गरिसकेको छ । नेपाली कांग्रेसले एक साताअघि भरतपुर नगरपालिकाभित्र घरदैलो कार्यक्रम आयोजना गरेको थियो । त्यसबाहेक कुनै कार्यक्रम गर्न नसकिएको जिल्ला उपसभापति मे धनीराज थापाले बताए । नवलपरासीमा संविधानसभा निर्वाचन माहोल एकाएक तातेको छ । अघिल्ला निर्वाचनमा एमाले, कांग्रेस र सद्भावनाको वर्चस्व रहेको नवलपरासीमा यसपटक माओवादी र मधेसी जनअधिकार फोरम पनि सक्रिय भएका छन् । ६ वटा निर्वाचन क्षेत्र रहेकको नवलपरासीमा राजनीतिक दलका जिल्ला नेताहरू सदरमुकाम छाडेर गाउँ-गाउँ पसेका छन् । नेताहरू पार्टी कार्यकर्ता भेटघाट, प्रशिक्ष्ाण , संगठन विस्तार गाउँस्तर सभा सम्मेलनमा लागि परेका छन् । एमालेले संविधानसभामा जिताउन सम्पूर्ण भ्रातृ संगठनहरूलाई परिचालन गरेको छ । एमाले कार्यालय सचिव तिलक महतका अनुसार एमाले महेन्द्र राजमार्ग वरिपरिका गाविसमा भित्ते लेखन पहाडी गाविसहरूमा प्रशिक्ष्ाण र तराईमा सर्यू चिह्नमा भोट माग्दै हिँडेको छ । नेपाली कांग्रेसले जिल्लाका १ सयभन्दा बढी शिक्षक र प्राध्यापकलाई ७३ गाविस र एक नगरपालिकामा खटाएर पार्टीका सक्रिय कार्यकर्ताहरूलाई प्रशिक्षण दिइसकेको छ । उता नेपाली कांग्रेस प्रजातान्त्रिकले बहुदलवाद संघीय लोकतान्त्रिक गणतन्त्रको नारा लिएर संविधानसभा निर्वाचनको प्रचार प्रसारसँगै पार्टी एकीकरण प्रक्रिया बारे छलफल चलाउँदै आएको जिल्ला पार्टी प्रवक्ता सन्जय यादवले बताए । माओवादीले आफ्ना सम्पूर्ण गाउँ जनसरकारमा बसेका कार्यकर्तालाई चुनाव प्रचार-प्रसार र गणतन्त्रको घोषणाका लागि जनदबाब सिर्जना गर्न गाउँ केन्दि्रत भएको पार्टी जिल्ला सचिव अनुपले बताए । फोरम र सरकारसँग वार्ता सफल भएपश्चात् झन् उत्साही भएका फोरम कार्यकर्ताहरू पछिल्लोपटक उत्साहित भएर गाउँ-गाउँ संविधान सभामा मधेसको पहुँच बढीमा भन्दै फोरमको पक्ष्ामा मतदान गर्न आह्वान गर्दै हिँडेका छन् । नेपाल सदभावना पार्टी -आनन्दीदेवी) का हैदरअली ओमिनका अनुसार जिल्ला नेताहरू गाउँ कार्यकर्ता भेटघाट कार्यक्रम तीव्र पारेका छन् । मधेसी जनता मधेसीको पक्ष्ामा रही संविधानसभा चुनाव सफल पार्न आह्वान गरेको छ । रुपन्देहीमा संविधानसभा निर्वाचनका लागि ठूला राजनीतिक दलहरू चुनावी अभियानमा निकै सक्रियता देखाएका छन् । ७ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा भारतसँग सिमाना जोडिएको दक्षिणी मर्चवारदेखि उत्तरीे पहाडसँग जोडिएका गाउँहरूसम्म संविधानसभा निर्वाचनको माहोल द्रुत गतिमा अगाडि बढ्न थालेको छ । कांग्रेस, एमाले, प्रजातान्त्रिक चुनावी अभियानमा गाउँ-गाउँसम्म छिरिसकेका छन् । यी पार्टीहरूले संविधानसभा निर्वाचनका बारेमा जिल्ला भेला, क्षेत्रीय भेला र बुथ भेला सम्पन्न गर्नमा व्यस्त छन् । माओवादीले केही दिनमै गाउँमा जाने बताएको छ । मधेसमा मिडिया नेपाल पत्रकार महासंघद्वारा गत सप्ताहान्त विराटनगरमा आयोजित 'मधेसी मिडिया सम्मेलन' मा बुद्धिजीवी सीके लालले 'जनआन्दोलनताकाको गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनले जस्तो भूमिका निर्वाह गरेका थिए माघको मधेस विद्रोहताका कान्तिपुर दैनिक, कान्तिपुर एफएम र कान्तिपुर टेलिभिजनको भूमिका फरक थिएन' भन्ने विचारोत्तेजक टिप्पणी गरे । नेपाली मिडियाको पर्यायवाची शब्द कान्तिपुर बन्न गएकाले कान्तिपुरलाई उदाहरणका रूपमा मात्र भनेको प्रस्ट गर्दै उनले सरकारी तथा निजी सबै सञ्चारमाध्यम मधेस आन्दोलनका विषयमा उदासीन रहेको टिप्पणी गरे । मधेसमूलका कतिपय विद्वान्ले माघे मधेस विद्रोहलाई नेपाली सञ्चारमाध्यमले राजाविरुद्धको वसन्त आन्दोलनभन्दा कम आँकेको र सोही आधारमा सामग्री प्रकाशन प्रसारण गरेकाले पनि नेपाली मिडियामाथि आक्रमण हुने गरेको तर्क पनि गरिन्छ ।

No comments: