Monday, August 07, 2006

Memo For Transparency In Interrogations




Memorandum (Nepali) submitted to the High Level Inquiry Commission urging for the transparency of interrogation process.

In The News

Nepathya performs for the differently able Kantipur Publications
Dr Bhattarai warns of another struggle if peace talks breached
Maoists abduct 1, continue atrocities
केमा अल्भिmयो अन्तरिम संविधान ? अिन्तरमि व्यवस्थापिका कस्तो हुन्छ र कति सदस्यीय हुन्छ ? सिंविधानसभाको निर्वाचन प्रणाली र सिट सङ्ख्या कति हुने ? सात दलभित्रै एकमत छैन," अर्याल भन्नुहुन्छ, "काङ् ग्रेसले यही प्रतिनिधिसभालाई लम्ब्याउने र सदस्यहरू थप्ने सुझाव दिएको छ । तर, प्रतिनिधिसभाको विघटन वा निरन्तरताका बारेमा एमालेले स्पष्ट धारणा राखेको छैन । माओवादीले भने यो संसद् विघटन गरी सदस्य सङ्ख्या तीन सयको हाराहारीमा रहेको अन्तरमि व्यवस्थापिका गठन गर्न जोड दिएको छ ।" यसमा एकतिहाइ माओवादी, एकतिहाइ नागरकि समाज र एकतिहाइ सात दलका प्रतिनिधि रहने प्रावधान छ । अर्याल भन्नुहुन्छ, "जनताले सात दल र माओवादी मिल्नुपर्छ भनेका छन ....... मस्यौदा समितिका सभापति लक्ष्मणप्रसाद अर्यालको प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालासँग भेट नभएको डेढ महिना भएको छ । "भनौँ न, मस् यौदा कमिटीको संयोजकको दायित्व सम्हालेदेखि नै प्रधानमन्त्री कोइरालासँग मेरो कुराकानी भएको छैन," अर्यालले बताउनुभयो । ...... मौलिक हकमा केही नयाँ हकहरू थपिने स्रोतको दाबी छ । शिक्ष्ाा, स्वास्थ्य, रोजगारी र विभेदविरुद्धका हकहरू अन्तरमि संविधानमा सामेल गरनिे छन् । माध्यमिक तहसम्म निःशुल्क शिक्षा मौलिक हकमा राखिनेछ भने छुवाछूत तथा जातिभेदविरुद्धको हक, स्वस्थ वातावरणमा बाँच्न पाउने हक, महिलासम्बन्धी हक, श्रमसम्बन्धी हक पनि नयाँ मौलिक अधिकार बन्ने सम्भावना छन् । ..... मस्यौदामा संवैधानिक अङ्गका रूपमा राष्ट्रिय मानवअधिकार आयोग थपिने निश्चित भएको छ । न्यायपालिकाअन्तर्गत संविधानसभासम्बन्धी विवाद हेर्न छुट्टै विशेष अदालतको व्यवस्था गरनिे भएको छ । नेपाली सेनालाई उत्तरदायी बनाउन सैनिक अदालतको निर्णयमाथि सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने प्रावधान थपिनेछ । सेना परचिालन गर्ने सुरक्षापरष्िाद्मा परराष्ट्र र अर्थमन्त्री पनि सदस्य रहने प्रावधान राख्नेबारे मस् यौदा समितिभित्र सहमति भएको छ । ...... ०४७ सालको संविधानले ०१९ सालको संविधान र ०२० सालको नागरकिता ऐनलाई आधार मानेको थियो । यसबारे समितिमा चर्को छलफल भएको छ । ..... समितिको नाम एमाले महासचिव माधवकुमार नेपालसहित आठै नेताको सहमतिमा तय गरएिको हो । तर, गठनसँगै एमालेले समितिमा आफ्नो मान्छे नपरेको भन्दै विरोध जनायो । ...... अग्नि खरेल, पुष्पा भुसाल, सुशीला कार्की, छत्रकुमारी गुरुङ, शान्ता राई, सुनील प्रजापति, परमेश्वर झा, चण्डेश्वर श्रेष्ठ र कुमार योञ्जन तामाङ ...... असार २ गते १५ दिनको समय दिएर मस् यौदा समिति गठन गरयिो तर तीन ठूला दलमध्ये सबैभन्दा पहिले समितिको म्याद सकिने अघिल्लो दिन साउन ११ गते मात्र माओवादीले मस्यौदा समितिलाई आफ्नो सुझाव दियो । अर्को ठूलो दल एमालेले साउन १४ गते आफ्नो सुझाव दियो । अहिलेको सरकार र वार्ताटोलीको नेतृत्व गर्ने नेपाली काङ्ग्रेसले सबभन्दा पछि साउन १६ गते अन्तरमि संविधान मस्यौदा समितिलाई सुझाव दियो । यसबाट दलहरू अन्तरमि संविधानप्रति त्यति गम्भीर छैनन् भन्ने देखाएको छ । सुझाव दिनै डेढ महिना लाग्ने दलहरूले १५ दिनको म्याद दिएर अन्तरमि संविधान मस्यौदा गर्ने जिम्मा दिनु कति गैरजिम्मेवारपूर्ण काम हो, सहजै अनुमान गर्न सकिन्छ । ......
तराईमा मारामार मुलुक स्थायी शान्तिको दिशातर्फ अग्रसर भइ  र हँदा तराईमा भने माओवादी र जनतान्त्रिक तराई मुक्तिमोर्चाबीच मारामार चलेको छ ..... १० वर्षको 'जनयुद्ध' मा समेत नदेखिएको द्वन्द्व यतिबेला सिराहा र सप्तरीवासी भोग्दैछन् साउन ४ गते राती मोर्चाका पोलिटव्युरो सदस्य रामविलाश यादवको सिराहा जिल्लाको सन्हैठास्थित घरलाई लक्षित गरी घेराबन्दीसहित 'कारबाही' गरे । यादव नभेटेपछि गाउँका एक दर्जन सर्वसाधारणलाई कुटपिट गर्नुका साथै त्यहाँबाट दुई लाख नगद, गरगहनासमेत माओवादीहरूले लुटपाट गरेका छन् । सो कारबाहीमा माओवादीहरूले स्थानीय ७० वषर्ीया वृद्धदेखि १० वषर्ीय बालकसम्म्ालाई छाडेनन् । घटनाको सर्वत्र निन्दा भए पनि माओवादीका जनकपुर-सगरमाथा व्युरो सदस्य दिनकरले मोर्चाविरुद्धको नियमित र घोषित अभियानअन्तर्गतको कारबाही भनी प्रतिक्रिया दिए । .... मोर्चाविरुद्ध 'युद्ध' को घोषणा गर्दै माओवादीका मधेशी फाँटका नेता मातृका यादवले मोर्चाका संयोजक जयकृष्ण गोइतलाई दरबार, भारत र अमेरकिाको उक्साहटमा मधेशी आन्दोलनलाई मत्थर पार्न सक्रिय रहेको आरोप लगाएपछि द्वन्द्व चुलिएको हो । यादवद्वारा लगाइएको आरोपको खण्डन गर्दै गोइतले अढाइ सय वर्षदेखि मधेशीलाई शोषण गर्ने पहाडिया ब्राह्मणवाद हावी रहेको माओवादी नेताको दासत्वले मधेश मुक्तिको कुरा गर्न सुहाउँदैन भन्ने प्रतिक्रिया दिएका थिए । ..... कम्युनिष्ट राजनीतिका जानकारहरू गोइतविरुद्ध यादवको आरोप नयाँ नरहेको बताउँछन् । .... मोर्चा माओवादी र तराईमा बसोवास गर्दै आएका पहाडी मूलका बासिन्दाहरूप्रति आक्रामक देखिएको छ । पहाडी मूलका कर्मचारीलाई अपहरण गर्ने र मोटो रकम फिरौती लिएर छाड्ने मोर्चाको दिनचर्या बनेको छ । ..... झन्डै चार दशकदेखि वाम आन्दोलनमा सक्रिय गोइत विभिन्न कम्युनिष्ट गुट हँुदै नेकपा -एमाले)बाट दुईपटक सप्तरीमा संसदीय चुनावमा सहभागी भए । तर, गोइत पार्टीका पहाडे नेता-कार्यकर्तासँगको अन्तरविरोधका कारण अलग्गिएको बताउँछन् । ...... माओवादीमा सामेल कम्युनिष्ट दर्शनका प्रशिक्षक गोइतले माओवादीभित्र पनि उत्तिकै सम्मान पाए । 'आर्थिक, सामरकि र भौगोलिक दृष्टिले महत्त्वपूर्ण मधेश र आदिवासी मधेशीको मुक्तिबिना पूर्णता पाउँदैन' भन्ने ठहर गर्दै ०५८ सालमा माओवादी अध्यक्ष प्रचण्डको उपस्थितिमा सर्लाहीको बरथहवामा सम्पन्न मधेशी सम्मेलनमा गोइतको अध्यक्षतामा मधेशी राष्ट्रिय मुक्तिमोर्चा गठन भयो । ...... माओवादीभित्र मतभेद बढ्दा एकीकृत तराईको विषयमा छलफलै नगरी ०६० असार २६ र २७ गते सम्पन्न मधेशी राष्ट्रिय मुक्तिमोर्चाको प्रथम राष्ट्रिय भेलाबाट आफूलाई अध्यक्षबाट हटाएर मातृका यादवलाई सो जिम्मेवारी दिइएको गोइतको आरोप छ । ०६१ साउन १० गते वक्तव्यमार्फत गोइतले माओवादीबाट आफूलाई अलग गर्दै आफू संयोजक रहेको जनतान्त्रिक तराई मुक्तिमोर्चा गठन गरेको घोषणा गरेका थिए । ..... त्यसबेला माओवादीभित्र प्रभावशाली मानिने सिराहाका देवनारायण यादव, नगेन्द्र पासवान, सुरज, रौतहटका अजय, सर्लाहीका रामकुमार शर्माजस् ता कैयाँै गोइतको मोर्चामा सहभागी थिए । तर, फुटलाई माओवादीले सहजसाथ लिन सकेन । मोर्चा गठन भएको एक वर्ष नबित्दै चार जना पोलिटव्युरो सदस्य भएको मोर्चाका दुई जना मारएि र एक जना पार्टी छाडेर बाहिरएिपछि मोर्चा झस्कियो । मोर्चा गठन भएको १० महिना नबित्दै पाँच जना पोलिटव्युरो सदस्यमध्ये अजय यादव र देवनारायण यादवलाई सेनाले र सुरजलाई माओवादीले हत्या गरेपछि मोर्चा झस् िकनु स् वाभाविकै थियो । ..... गोइतले भारतीय सीमावर्ती क्षेत्रमा चोरी डाँका पेशामा संलग्न तर माओवादी र प्रशासनबाट त्रसित केही व्यक्तिहरूलाई संरक्षण दिएर सशस्त्र गतिविधि बढाइरहेका छन् । मोर्चाका कार्यकर्ताहरूले हालसम्म सुरक्षाकर्मीमाथि कुनै आक्रमण नगरे पनि माओवादीका जिल्लास्तरीय एक दर्जन कार्यकर्ताको हत्या गरसिकेका छन् ।

Visitors

1.7 August11:33TMnet Telekom Malaysia, Malaysia
2.7 August11:34Deutsche Telekom AG, Germany
3.7 August11:40Sacramento County Office of Education, United States
10.7 August12:01Tiscali, Delft, Netherlands, The
11.7 August12:08Equant, France
7 August12:41Nepal (wlink.com.np)
7 August13:13Reliance Infocom Ltd., India
7 August13:17State Compensation Insurance Fund, San Francisco, United States
37.7 August13:25Swipnet, Switzerland
38.7 August13:27Trinity College, Hartford, United States
39.7 August13:30CTX Mortgage Company, Dallas, United States
43.7 August13:43Terra Networks Chile S.A., Chile
44.7 August13:51Tiscali GmbH, Germany
7 August14:21Cisco Systems, Inc., United States



No comments: